१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

तिहारमा फूलको मूल्य बढ्ने

तिहारमा फूलको मूल्य बढ्ने
file
अ+ अ-

काठमाडौँ । विगतका वर्षको तुलनामा यस वर्षको तिहारमा फूलको मूल्य बढ्ने भएको छ । सरकारले यस वर्षदेखि मूल्य अभिवृद्धिको सीमा तोकेकाले फूलको मूल्य बढ्ने भएको हो ।

यस वर्ष बजारमा सयपत्री माला एक मिटरको थोक मूल्य रू ७५ र खुद्रा मूल्य रू एक सय २५ देखि रू एक सय ५० सम्म पर्ने देखिएको पुष्प व्यवसायीहरुको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार सोही माला गत वर्ष उपभोक्ताले रू एक सयसम्म तिरेर प्रयोग गरेका थिए ।

त्यस्तै, मखमलीको मालाको मूल्य थोकमा रू ४५ र खुद्रामा रू ६० देखि रू ७० पर्ने तामाङले बताउनुभयो । उहाँका अनुसार मिक्स माला होलसेलमा रू तीन सय र खुद्रामा रू पाँच सयसम्म पर्ने देखिएको छ । गोदावरी फूलको माला भने रू एक हजारदेखि रू तीन हजारसम्म पर्ने एसोसिएसनले अनुमान गरेको छ ।

गत वर्ष नौ लाख माला भारतबाट ल्याइएको थियो भने यस वर्ष पाँच लाखमात्र माला ल्याउन लागिएको छ । गत वर्ष ३१ लाख माला खपत भएको बताइएको छ । गत वर्ष तिहारमा मात्रै रू २५ करोड फूलको कारोबार भएको थियो । यस वर्ष रू ३१ करोड २८ लाख कारोबार हुने अनुमान गरिएको छ ।

पछिल्लो सयम स्वदेशमै फूल उत्पादन बढेकाले विगतका वर्षमा भन्दा यस वर्ष तिहारका लागि ल्याइने फूलमा कमी हुने देखिएको छ । यस वर्षको तिहारका लागि ३५ लाख सयपत्री फूलको माला खपत हुने अनुमान गरिएको छ । जसमा ३० लाख माला स्वदेशी उत्पादनले पुग्ने र बाँकी पाँच लाख छिमेकी मुलुक भारतबाट आयात गरिने भएको छ ।

पछिल्लो समय बजार माग वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा करिब एक हजार दुई सय व्यवसायीले यसको खेती गर्दै आएका छन् । रासस