• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo

फाइनल खेलको टिकटबाट उठेको रकमको ५० प्रतिशत भूकम्प पीडितको सहयोगार्थ प्रदान गरिने



काठमाडौँ । आईसीसी विश्वकप टी–२० को एसिया छनौट अन्तर्गत आइतबार हुने फाइनल खेलको टिकटबाट उठेको रकमको ५० प्रतिशत भूकम्पपीडितको सहयोगार्थ प्रदान गरिने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ती जारी गर्दै सो घोषणा गरेको हो । नेपाल र ओमनबीच आइतबार हुने फाइलन खेलको टिकटबाट उठेको रकमको ५० प्रतिशत भुकम्प पिडितको सहयोगार्थ प्रदान गरिने क्यानले जनाएको छ ।

गए राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पमा परी सयौं मानिसले ज्यान गुमाएका छन् भने थुप्रै संख्यामा घाइते भएका छन् ।