७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

धान रोप्नेदेखि काट्नसम्म तराई र भारतका श्रमिकको भर

धान रोप्नेदेखि काट्नसम्म तराई र भारतका श्रमिकको भर
अ+ अ-

भरतपुर । यतिबेला चितवन जिल्लाका किसानलाई धान काट्ने र भित्र्याउने चटारो छ । जिल्लाको पश्चिम, पूर्वी र माडी क्षेत्रका किसान धान काट्न र भित्र्याउन व्यस्त छन् । धान स्याहार्न जिल्लामा श्रमिक पाइन छाडेपछि यहाँका किसानलाई धान रोप्नेदेखि काट्नेसम्म मधेस प्रदेश र तराईका श्रमिकको भर पर्नुपरेको छ ।  यहाँ धान रोप्ने र काट्ने याममा मधेस प्रदेश र भारतका श्रमिक आउने गरेका छन् । उनीहरु सामूहिक रुपमा आएर यहाँ धान काट्ने, झार्ने र घरको भकारीसम्म पुर्‍याइदिने काम गर्छन् ।

जिल्लामा काम गर्ने युवा विदेश पलायन र स्थानीय कामदार महँगा भएका कारण बाहिरी जिल्लाबाट कामदार ल्याउनुपरेको सम्बद्ध किसान बताउँछन् । पश्चिम चितवनको चनौलीका किसान रामकृष्ण अधिकारी प्रत्येक वर्ष तराईबाट आउने श्रमिकलाई काम लगाउने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यहाँ भएका कामदारले काम गर्दैनन्, उनीहरुलाई ठेक्कामा दिएपछि हाइसञ्चो हुन्छ ।” अधिकारी यस वर्ष पनि आफूले धान रोप्नेदेखि काट्नेसम्म सबै जिम्मा तराईका श्रमिकलाई दिएको बताउनुहुन्छ । “गाउँमा अधिकांश ४०/५० कटेका मान्छेमात्र छन”, उहाँ भन्नुहुन्छ, “काम गर्ने युवा कोही अष्ट्रेलिया, अमेरिका त कोही खाडी मुलुकमा गए, गाउँमा काम गर्ने मान्छे भएन ।”

रौतहटका उपेन्द्र पटेल प्रत्येक वर्ष यो याममा धान काट्न चितवन आउनुहुन्छ । उहाँ यसरी नियमित आउन थालेको दस वर्ष भयो । धान काट्नमात्र होइन, धान रोप्न र गोड्नसमेत पटेल चितवन आउने गर्नुभएको हो । “यो वर्ष मात्रै तीनपटक चितवन आएँ”, उहाँ भन्नुहुन्छ, “काम सहजै पाइन्छ पैसा पनि राम्रै छ ।” रौतहटमा रहँदा उखु छिन्ने र आफ्नो घरायसी काम गर्दै आएको उहाँ बताउनुहुन्छ । यसपटक आठजनाको टोली लिएर आएको भन्दै पटेल ठेक्कामा काम लिने र आएको पैसा बराबर बाँडफाँट गर्ने गरेको जानकारी दिनुहुन्छ ।

रौतहटका दिनेश पटेलले पनि भाडामा जग्गा लिएर भरतपुर महानगरपालिका–६ स्थित गीतानगरमा पाँच बिघा क्षेत्रफलमा धान खेती गर्नुभएको छ । धान भित्र्याउन यहाँका कामदार खोज्दा नपाएपछि रौतहत र बारा जिल्लाबाट कामदार ल्याएर उहाँले धान भित्र्याउनुभएको हो ।  “चितवनमा कामदार नै नपाउने । पाइए पनि दिनको एक हजार रुपैयाँ लिन्छन्”, दिनेश भन्नुहुन्छ, “महङ्गा कामदार हालेर खेती गर्नुभन्दा मधेसबाट नै कामदार ल्याएर काम गराइराखेका छौँ ।” चितवनका कामदार लगाएर खेती गर्दा लागत पनि नउठ्ने उहाँ बताउनुहुन्छ । चितवनमा मधेसबाट काम खोज्न आउने कामदारको सङ्ख्या बढी छ ।

रौतहटका हरिस यादव प्रत्येक वर्ष यो याममा धान काट्न चितवन आउनुभएको छ  । उहाँ नियमित आउन थालेको चार वर्ष भयो । धान काट्न मात्र होइन, धान रोप्न र गोड्नसमेत उहाँ चितवन आउने आउने गर्नुभएको छ । “घरमा आमाबुबा छोराछोरी र श्रीमती छन् । आफ्नो पनि पेट पाल्न पर्‍यो,” उहाँ भन्नुहुन्छ, “छठ पर्वको खर्च जुटाउनका लागि प्रत्येक वर्ष चितवन आउँछौँ ।”  बारा, पर्सा रौतहटबाट कादार छठ पर्वका लागि पैसा जोहो गर्न चितवनमा काम गर्न आउने गर्दछन् ।  हेटौँडा, नवलपरासी, काठमाडौँसम्म ज्याला मजदुरीको काम गर्न जाने गरेको यादव बताउनुहुन्छ । धान रोप्ने, काट्ने बेला अन्यन्त्रभन्दा चितवनमा सहज रुपमा काम पाइने गरेको उहाँको अनुभव छ ।

बाराबाट १५ जनाको टोलीसहित आएका झापट चौधरीले चितवनमा धान काट्न थालेको एक दशक बढी भयो । परिवार पाल्नका लागि खेतमा आली लगाउनेदेखि काट्नसम्म आउने गरेको उहाँको भनाइ छ । “यहाँ काम जति पनि पाइन्छ, कहिलेकाहीँ त काम धेरै भएका कारण भ्याइँदैन भन्नुपर्ने हुन्छ,” मङ्गलपुरमा धान काट्दै गरेका चौधरी भन्नुहुन्छ, “चितवन जिल्लाका मङ्गलपुर, गीतानगर, पदमपुर, रत्ननगर, खैरहनी, राप्ती सबै क्षेत्रमा धान काट्ने गर्दछौँ ।”

यस्तै रौतहटका कृष्ण पाण्डे पनि आठ वर्षदेखि नियमितरुपमा चितवनमा धान काट्न आइरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “यहाँ काम जति पनि पाइन्छ, कहिलेकाहीँ त काम धेरै भएका कारण भ्याइँदैन भन्नुपर्ने हुन्छ ।” धेरै काम हुँदा कहिलेकाहीँ रातभर काम गरेरसमेत सक्ने गरेको अनुभव उहाँ सुनाउनुहुन्छ । पाण्डेले एक महिनाको अवधिमा खाने बस्ने खर्चबाहेक रु २५ देखि ३० हजार जम्मा गरेर घर लैजाने गरेको बताउनुहुन्छ ।

चितवनको अधिकांश जनशक्ति विदेश छ । एक दशक अघिसम्म अर्मपर्व चल्दथ्यो । अहिले हराउँदै गएकाकारण बाहिरी जिल्लाबाट कामदार ल्याएर काम गराउनु परेको भरतपुर–१५ शरणपुरका शिव उप्रेती बताउनुहुन्छ । “यहाँ भएकाले काम गर्दैनन् । धान लगाएर फाइदा पनि छैन,” उहाँ भन्नुहुन्छ, “बाँझो किन राख्ने भनेर खेती गरेका हौँ ।” गाउँमा अधिकांश ४० कटेका मानिसहरु मात्र रहेको उप्रेतीको भनाइ छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकृत सुरुचि त्रिपाठी जिल्लामा धान काट्नेदेखि थन्काउनेसम्म तराई मूलका श्रमिकमा भर पर्नुपर्ने अवस्था रहेको बताउनुहुन्छ । “युवाहरु रोजगारीका लागि विदेश पलायन हुने क्रम बढ्दो छ । स्थानीय स्तरमा श्रमिक पाइँदैन,” उहाँ भन्नुहुन्छ, “सबै कुरामा हामी परनिर्भर हुँदै गएका छौँ ।” धान लगाएर किसानलाई फाइदासमेत नभएको सूचना अधिकृत उप्रेती बताउनुहुन्छ।  चितवनमा बिस्तारै कृषिमा यान्त्रिकीकरणतर्फ लैजाने प्रयास गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत केही किसानलाई धान रोप्ने, गोड्ने, काट्ने र थ्रेसर लगाउने मेसिन उपलब्ध गराइए पनि पर्याप्त नभएको उहाँको भनाइ छ । चितवनमा गत आर्थिक वर्ष २२ हजार आठ सय ७० हेक्टरमा धान खेती गरिएको थियो । अहिले समयमा पानी नपरेका कारण दस प्रतिशत जमिनमा मकै, कोदो, तरकारीलगायत बाली लगाइएको सूचना अधिकृत उप्रेती बताउनुहुन्छ  । रासस