• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

चलचित्र दिमाग खराबको टिमलाई प्रश्न: कसरी दिमाग खराब हुन्छ ?



काठमाडौँ । चलचित्र दिमाग खराब कात्तिक २४ गतेबाट देशभर प्रदर्शन हुँदैछ । प्रदर्शनअघिको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा निर्माण टिमले चलचित्र उत्कृष्ट बनेको बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका लेखक आकाश बरालले कथावस्तु राम्रो रहेको र त्यसमा निर्देशक निश्चल बस्नेतले झनै आफ्नो कला थपेर युनिक फिल्म बनाएको बताउनु भयो । उहाँले दर्शकले फिल्मका विषयवस्तु युनिक पाउने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यसमा दिमाग खराब भनेको निश्चल दाइको आफ्नो प्रश्तुती हो । जो उहाँले सिनेमामा दिनुभएको छ । विदेश जाने कुरा होस् वा अरु होस् फिल्ममा युनिक छ । युनिक रुपमा फिल्मलाई प्रश्तुत गरिएको छ । फिल्मका विषयवस्तु युनिक पाउनु हुनेछ ।’

त्यस्तै अभिनेता एवं निर्देशक निश्चल बस्नेतले फिल्मको कथा तयार पार्न मात्रै करिव एक वर्षको समय लागेको बताउनु भयो । उहाँले फिल्म एक किसिमको बन्छ भन्ने नलागेसम्म फिल्मको स्क्रिप्ट नै तयार पारिरहेको बताउनु भयो । फिल्मको कथा रोमाञ्चक रहेको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘यो फिल्मको स्क्रिप्ट तयार गर्न नै लगभग एक वर्ष लाग्यो । हामी सोच्नलाई कहिल्यै हिच्किचाएनौँ । फिल्म एक किसिमको बन्छ भन्ने नलागेसम्म हामी फिल्मको स्क्रिप्ट नै बनाइरह्यौँ । कथा इन्ट्रेस्टिङ भएको छ । फिल्मले राम्रो फल दिने आशा छ ।’

पत्रकार सम्मेलनमा अभिनेता एवं निर्देशक खगेन्द्र लामिछानेले आफू मुख्य भुमिकामा रहेर करिव ५ वर्षको अन्तरालमा फिल्म आउँदा खुशी लागेको बताउनु भयो । उहाँले सिनेमाको कथावस्तु राम्रो रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो फिल्म मेरो लामो समयपछिको ग्यापमा आएको हो । फिल्म आइरहेको छैन । बीचमा आफैँ निर्देशक भएर काम गरेँ । समय नै त्यस्तै थियो । २०१८ पछि लिड रोल गरेको यो फिल्म नै हो । सिनेमामा धेरै आनन्दले काम गरियो । कथा राम्रो छ । सिनेमा राम्रो छ भन्ने निश्चल भएपछि ढुक्क हुन्छु । निश्चिललाई कस्तो छ सिनेमा बन्यो ? भनेर सोध्दा उसको अनुहार उज्यालो हुन्छ । त्यसैले पनि सिनेमा राम्रो छ ।’

उहाँले फिल्मले राम्रो शो पाउनेमा आशावादी रहेको बताउनु भयो । चलचित्र कात्तिक २४ बाट सार्वजनिक प्रदर्शन हुँदैछ । आम मानिस र नेताबीचको लडाइँको कथा भनिएको चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, स्वस्तिमा खड्का लगायतका कलाकारको अभिनय रहेको छ । आकाश बरालको लेखन र सुशन प्रजापतिको छायांकन रहेको चलचित्रलाई निश्चल बस्नेतले निर्देशन गरेका हुन् ।