२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश टाइटनिक डुबे जस्तै डुब्दैछ: सिके राउत



अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले देश टाइटनिक बोट जस्तै डुबिरहेको बताउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शीर्ष तहका नेताहरुले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको उल्लेख गर्नुभयो । उहाँले प्रतिशोध साँध्नका लागि सरकारबाट पक्राउ गर्नेकुरा राम्रो नभएको बताउनु भयो ।

उहाँले देशमा जनताका लागि लोकतन्त्र नभएको बताउनु भयो । उहाँले अध्याँरो कोठामा तीन जना नेताले गरेको निर्णयलाई सार्वभौम सत्ता सम्पन्न भन्न नसकिने बताउनु भयो । उहाँले चियापान समारोहमाम बोलाएर नयाँलाइ सक्ने भाषण दिनु ठूला दलको लाचारीपन भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एउटा जनप्रतिनिधि आवाज उठाउँदा पक्राउ पर्छ भने यो देशमा कहाँ छ लोकतन्त्र ? प्रतिशोध साँध्नका लागि सरकारबाट पक्राउ पर्छ कोही भने यो देशमा जनताका लागि कहाँ छ लोकतन्त्र ? सत्ता पक्षकै मान्यज्युको लागि यहाँ लोकतन्त्र छैन । आम जनताको लागि लोकतन्त्र कहाँ छ ? संशोधन के हुने ? कुन विधेयक पारित हुने त्यो त अध्याँरो कोठामा तीन जना नेताले गर्छन् । ती तीन नेता सार्वभौम सत्ता सम्पन्न भए की यो संसद ? यस्तै संसद चल्ने हो भने व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार छन् ।’

‘३४ वर्षदेखि कहाँ पुगिसक्यो देश ? त्यो हेरेका छैनौँ । तर नयाँ शक्तिलाई लक्षित गर्छौं, चियापान समारोहमा बोलाउँछौँ र त्यहाँ भन्छाँै यी नयाँलाई त हामी भष्म पार्दिन्छौँ भन्छौँ कस्तो खालको आक्रोश हो ? आफू भित्र समीक्षा गर्न सक्नुहुन्न । जनताको आवाज उठेपछि त्यो सुन्नुपर्छ । जनतको कुरा उठेपछि बत्ती बल्छ, लामो भाषण गर्दा केही हुँदैन थियो । देश टाइटनिक डुबे जस्तै डुब्दैछ । यो डुबाउने चालकहरु नै हुन् । जसले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेका छन् । आफू सुरक्षित रुपमा टाइटनिक बोटमा जोगिरहेका छन् ।’

अध्यक्ष राउतले संसद यसरी नै चलिरहे व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार रहने बताउनु भयो ।