९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीलाई संसद्कै चिन्ता



अ+ अ-

काठमाडौं । सरकारको चर्को आलोचना गर्ने माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ। समर्थन फिर्ता लिन प्रधानमन्त्री ओलीले चुनौती नै दिए पनि नयाँ सत्ता समीकरणका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टी तयार नहुँदा माओवादीले भने समर्थन फिर्ता लिन सकेको छैन । 

माओवादी केन्द्रले समर्थन फिर्ता लिने घोषणा गरे पनि औपचारिकरूपमा फिर्ता लिन सकेको छैन । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्रीले एक महिनाभित्र संसद्मा विश्वासको मत लिनुपर्ने हुन्छ । संसद्मा ठूलो दलको हैसियतमा रहेका प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा संवैधानिक व्यवस्थाअनुसार नै वैकल्पिक सरकार गठन हुन नसक्ने अवस्थामा पुनः संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले निर्वाचनको घोषणा गर्न सक्ने त्रास माओवादी केन्द्रलाई रहेको छ । 

माओवादी केन्द्रका नेता हरिबोल गजुरेल नयाँ सरकार गठन गर्नका लागि अविश्वासको प्रस्ताव संसद्मा जाने वातावरण नभएसम्म समर्थन फिर्ता लिएर मात्र अर्थ नहुने बताउँछन् । उनले भने, ‘हामीले यो सरकारको विकल्प खोजिरहेका छौं, कांग्रेस तयार भए पनि जसपा अझै तयार भइसकेको छैन, यो सरकारलाई हटाउन अवस्था भएपछि मात्र समर्थन फिर्ता लिन्छौँ ।’ नेपाल समाचारपत्र दैनिकमा समाचार छ।