४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकाविरुद्ध टस जितेर न्युजिल्यान्डले फिल्डिङ रोज्यो



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप २०२३ को ३२औं खेलमा साविक उपविजेता न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम (एमसीए), पुणेमा केहीबेरमा सुरु हुने खेलमा न्युजिल्यान्डले पहिले फिल्डिङ गर्ने भएको छ ।

न्युजिल्यान्डका कप्तान टम लाथमले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् । ६ खेलमा ४ जित हात पारेको न्युजिल्यान्ड ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । दक्षिण अफ्रिका ६ मध्ये ५ खेल जितेर १० अंकसहित दोस्रो स्थानमा छ ।

सन् १९९९ देखि विश्वकपमा यी दुईबीच ५ खेल भएका छन् जसमा न्युजिल्यान्डले सबै पाँच खेल जितेको छ । जसमा २०११ र २०१५ विश्वकपका २ नकआउट खेलहरू पनि समावेश छन् ।

दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय क्रिकेटमा न्यूजिल्याण्डको प्रदर्शन खासै राम्रो छैन । दुई टोलीबीच हालसम्म कुल ७१ ओडीआई खेलिएको छ । न्यूजिल्याण्डले २५ खेल जितेको छ भने दक्षिण अफ्रिकाले ४१ खेल जितेको छ । ५ खेलको नतिजा आएको छैन ।

तर, विश्वकपमा न्युजिल्यान्ड दक्षिण अफ्रिकामाथि हावी छ । दुवै टोली अहिलेसम्म ८ पटक भिडेका छन्, जसमा न्युजिल्यान्डले ६ र दक्षिण अफ्रिकाले २ खेल मात्र जितेको छ ।