४ भाद्र २०८३, बिहीबार
,
Latest
बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकाविरुद्ध टस जितेर न्युजिल्यान्डले फिल्डिङ रोज्यो



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप २०२३ को ३२औं खेलमा साविक उपविजेता न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम (एमसीए), पुणेमा केहीबेरमा सुरु हुने खेलमा न्युजिल्यान्डले पहिले फिल्डिङ गर्ने भएको छ ।

न्युजिल्यान्डका कप्तान टम लाथमले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् । ६ खेलमा ४ जित हात पारेको न्युजिल्यान्ड ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । दक्षिण अफ्रिका ६ मध्ये ५ खेल जितेर १० अंकसहित दोस्रो स्थानमा छ ।

सन् १९९९ देखि विश्वकपमा यी दुईबीच ५ खेल भएका छन् जसमा न्युजिल्यान्डले सबै पाँच खेल जितेको छ । जसमा २०११ र २०१५ विश्वकपका २ नकआउट खेलहरू पनि समावेश छन् ।

दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय क्रिकेटमा न्यूजिल्याण्डको प्रदर्शन खासै राम्रो छैन । दुई टोलीबीच हालसम्म कुल ७१ ओडीआई खेलिएको छ । न्यूजिल्याण्डले २५ खेल जितेको छ भने दक्षिण अफ्रिकाले ४१ खेल जितेको छ । ५ खेलको नतिजा आएको छैन ।

तर, विश्वकपमा न्युजिल्यान्ड दक्षिण अफ्रिकामाथि हावी छ । दुवै टोली अहिलेसम्म ८ पटक भिडेका छन्, जसमा न्युजिल्यान्डले ६ र दक्षिण अफ्रिकाले २ खेल मात्र जितेको छ ।