१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

नागरिकको जीवन रक्षा पहिलो कर्तव्य हो: प्रधानमन्त्री ओली

नागरिकको जीवन रक्षा पहिलो कर्तव्य हो: प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रमुख कर्तव्य नागरिकको जीवन रक्षा गर्नुभएको बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूको सुख, शान्ति र समृद्धिको कामना गर्दै कोभिड–१९ को  महामारीबाट सबैलाई सुरक्षित रहन आग्रह गर्नुभयो ।

“सरकारको नागरिकको जीवन रक्षा गर्नु पहिलो कर्तव्य हो, सरकारका लागि जनताको जीवन पहिलो हो”, प्रधानमन्त्री ओली भन्नुभयो, “जनताको जीवन बचाउन सकियो भने शिक्षालयहरू चल्ने छन्, अर्थतन्त्रभन्दा पनि जीवन पहिलो हो, उद्योग कलकारखाना चल्ने छन् तर नागरिकको जीवन रहेन भने कुनै पनि कुरा चल्न सक्दैन ।” उहाँले  नागरिकहरू सुरक्षित रहेमा बाँकी विषय हुँदै जाने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले जीवन सुरक्षालाई प्राथमिक महत्वमा राखरे काम गरिरहेको र महामारीका कारण तुलनात्मक रूपमा असर परे पनि कम क्षति भएको बताउनुयभो । महामारीका बीचमा पनि कृषिलाई राम्रो र व्यापार घाटाको अन्तर कम गर्न सफल भएको बताउनुभयो ।

“हिंसाको बाटोमा हिँडेकालाई शान्तिपूर्ण धारमा ल्याउने काम गरियो, अब हिंसा गर्ने कुनै समूह  छैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब जनतामा सार्वभौमसत्ता छ, जनता र जनताको मन र अभिमत छ, त्यो नै राजनीतिको निर्धारक तत्व हो, यस सन्दर्भ ठूला सफलताहरू प्राप्त गरेका छौँ ।” उहाँले २०७७ सालमा धेरै सभागृह निर्माण गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीका अनुसार गतवर्ष लुम्बिनीमा पाँच हजार क्षमताको ध्यानकेन्द्र, गोदावरीमा तीन हजार क्षमताको सभाहल सम्पन्न भएको छ भने अन्य थुप्रै ठाउँमा सभागृहहरू निर्माण भइरहेका छन् ।
जनप्रतिनिधित्वको युगमा आइपुग्दा पनि जनप्रतिनिधि बसेर छलफल गर्ने निर्णय गर्ने थलो संसद् भवन नभएको हुँदा गतवर्ष नै त्यो काम अगाडि बढाएका उहाँले जानकारी दिनुभयो ।

जनतामा आशा जागेको छ

प्रधानमन्त्री ओलीले सरकारले २०७७ सालमा जनतामा आशा जगाउने गरी काम गरेको बताउनुभयो । “जनताको आशा जगाउने काम हामीले गरेका छौँ, भविष्यमा आशा र विश्वास  जनाउने  काम लगातार गर्यो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रतिदिन साढे पाँच किलोमिटर बाटो बनेको छ, एक दिनमा कम्तीमा १२ वटाका दरले आवासहरू तयार भएका छन्, विभिन्न आठ प्रकारका सामाजिक सुरक्षा भत्ता पाउनेको सङ्ख्या ३० लाख ६० हजारभन्दा बढी छ ।” उहाँले महिनाको रु १०० बाट शुरु भएको सामाजिक सुरक्षा भत्ता आज दिनको रु १०० मा पुगेको र आउँदो बजेटमा वृद्धि गरिने जानकारी दिनुभयो । योगदानमा आधारित सामाजिक सुरक्षा २०७५ मङ्सिर ११ गतेबाटै शुरु गरेकोसमेत उहाँले बताउनुयभो ।

दैनिक पुलहरू बनिरहेका र  पूर्वदेखि पश्चिमसम्म पुलहरू निर्माण भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नाकाहरू खोल्नुका साथै मध्यपहाडी राजमार्ग तीव्रतर ढङ्गले बनिरहेको बताउनुभयो । उहाँले मदनभण्डारी राजमार्ग निर्माण तीव्र रहेको, पूर्वपश्चिम राजमार्ग चौडा बनाउने काम भइरहेको र हुलाकी राजमार्ग केही ठाउँमा मात्र निर्माण बाँकी रहेको सुनाउनुभयो ।  

पुनः निर्माणमा असाधारण काम

प्रधानमन्त्री ओलीले भूकम्पपछि बनेको पुनः निर्माण प्राधिकरणले पुनः निर्माणको कामलाई तीव्र रुपमा अगाडि बढाएको बताउनुयभो । “रानीपोखरी शिलान्यास गरिसक्यो, धरहरा यही महिनाको ११ गते लिफ्टबाट बालबालिका र ज्येष्ठ नागरिक माथि जान सक्ने र माथिबाट काठमाडौँको दृश्यवालोकन गर्न सकिने गरी निर्माण हुँदैछ”, उहाँले थप्नुभयो । प्रधानमन्त्री ओलीले नयाँ हवाई मैदानको स्तरन्नोति गर्ने, रात्रि सेवा सञ्चालन गर्ने र त्रिवि विमानस्थलमा झर्ने बित्तिकै नयाँपनको अनुभूति हुनेगरी निर्माण भएको बताउनुभयो ।

प्रतिकूलताका बीचमा पनि थुप्रै विद्यालयहरू बनेको उल्लेख गर्दै उहाँले दरबार हाइस्कुल, यही ६ गते पाटन ढोकामा जापनाको सहयोग उच्च माध्यामिक विद्यालय उद्घाटन गर्ने तयारी रहेको जानकारी दिनुभभयो ।

मेलम्चीको पानी सपनाको गफ होइन

प्रधानमन्त्री ओलीले मेलम्चीको पानी काठमाडौँ उपत्यकाको घरघरमा ल्याउनु सपनाको गफ मात्र नभएको बताउनुभयो । “मेलम्चीको पानी काठमाडौँमा ल्याउने विषयमा कसैले गफ भने”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “मेलम्चीको पानी ल्याउने  विषय सपनाको गफ होइन, तर अहिले काठमाडौँका धाराधारामा पानी आइसकेको छ ।” उहाँले देशलाई माथि उठाउन डिजिटल नेपालको अभियान शुरु गरेको र विभिन्न आयोजनाहरू सिंहदरबारबाट हेर्नसक्ने व्यवस्था गरेको उल्लेख गर्नुभयो ।

सकेसम्म बन्दाबन्दी हुन्न

प्रधानमन्त्री ओलीले सरकार बन्दाबन्दी गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने हल्ला मात्र बाहिर आएको उल्लेख गर्दै सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको बताउनुभयो ।

उहाँले कतिपय राष्ट्रहरूले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो । विसं २०७७ मा विश्वले पहिला कहिले पनि नदेखेको कोभिड १९को सामना गर्नुपरेको उल्लेख गर्दै उहाँले त्यसले मुलुकको समग्र सामाजिक जनजीवन, अर्थतन्त्र, शिक्षा अनेक पक्षहरूमा वर्षभर नै आक्रान्त रहनुपरेको बताउनुयभो ।  
“कोभिडलाई कात्तिकदेखि नियन्त्रण गर्दै ल्याएको थियो, चैतदेखि फेरी फैलन शुरु गरेको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “२०७७ सालको त्यो पीडा त्यसैरूपमा दोहोरिन नपाओस्, फैलिन र जनधनलाई क्षति नपु¥याइयोस् भनेर सरकारले काम गरिहरेको छ ।” उहाँले कोभिड–१९ को महामारीबाट सुरक्षित रहन सरकार र स्वास्थ्य मन्त्रालयका मापदण्ड पालना गर्न अनुरोधसमेत गर्नुभयो ।

विसं २०७७ कोभिडको महामारी भए पनि निरर्थक वर्ष नरहेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले उपब्धिको वर्ष रहेको बताउनुभयो । उहाँले मेलम्चीको पानी काठमाडौँमा झार्न सफल, पुनः निर्माणका काम सम्पन्नजस्ता धेरै महत्वपूर्ण कामहरू भएको र अनलाइनमार्फत शिक्षालाई अगाडि बढाउने र सामान्य रुपमा जीवन अगाडि बढाउनेतर्फ ध्यान दिएको उल्लेख गनुभयो  ।
प्रधानमन्त्री ओलीले एमसीसी नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र० सरकारमा हुँदा सम्झौता गरिएको भए पनि निर्णयार्थ संसद्मा टेबल गरिएको  विषयलाई सरकारले टेबल गरेपछि संवैधानिक अधिकारलाई नमानेको बताउनुभयो । उहाँले राष्ट्रिय एकता कायम गरी सम्पूर्ण सार्मथ्य देश विकासमा लगाउन जरुरी भएको बताउनुभयो ।

मेरो कित्ता कार्यक्रम आजैदेखि

प्रधानमन्त्री ओलीले नयाँ वर्षमा नयाँनयाँ कामहरू थालनी गरेको उल्लेख गर्दै किसानका लागि आजदेखि नै मेरो कित्ता कार्यक्रम शुभारम्भ हुने बताउनुभयो । उहाँले किसानले  आफ्ना पूर्जा घरबाटै एपमार्फत हेर्नसक्ने र आधुनिक प्रविधिको माध्यमबाट  उक्त काम गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “नयाँ उत्साह, नयाँ आत्मविश्वासका साथ नयाँ वर्षमा प्रवेश गरिरहेका छौँ, हामीले थालेका अपूरा कामलाई पूरा गर्ने र देशलाई विकासको चरणमा छौँ ।” 

उहाँले हुम्लाको सिमीकोटमा पनि अब सडक पु¥याउने, विश्वविद्यालय, अस्पलात, शिक्षालय व्यापक निर्माण अगाडि बढाउने उल्लेख गर्दै नेपालका लगानीका लागि शान्तिपूर्ण वातावरण बनेको र श्रमिक, श्रमदाता र सरकारबीच उपयुक्त कानून निमार्ण गर्ने विषयका काम तीव्रताका साथ अघि बढेको बताउनुभयो ।

हल्लाका पछि नलाग्न आग्रह

प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणका काममा ढुक्क भएर लाग्न र हल्लाका पछि कोही पनि नलाग्न आग्रह गर्नुभयो । उहाँले देश र जनता अनि मानव जातिको सर्वपरि हितको रक्षा गर्दै सरकारले काम गरेको र राष्ट्रिय हितका पक्षमा कहिले पनि बिर्सन नहुने बताउनुभयो । न्यायसहित अन्तर्राष्ट्रिय उत्तरदायित्व, सामाजिक न्यायसहित शान्ति र विकासको आवश्यकता रहेको र शान्तिपूर्ण वातावरण सबैले निर्माण गर्न उहाँको आग्रह थियो । प्रधानमन्त्री ओलीले विश्वलाई पनि भय, त्रास र सम्मानजकरूपमा बाँच्न पाउने विश्व बनाउन जरुरी रहेको उल्लेख गर्दै युवालाई विदेश असुरक्षित भएको हुँदा उपलब्ध रोजगारीका असरको खोजी गरी उपयुक्तका लागि पनि खोजी गर्न सरकारले वातावरण बनाउने बताउनुभयो ।
       
प्रधानमन्त्री ओलीले कोभिडबाट सबैलाई बच्न १८ लाख व्यक्तिले खोप लगाइसकेको र बाँकीलाई लगाउने चरणमा रहेको उल्लेख गर्दै रोगबाट बच्न र बचाउन सबैलाई आग्रह गर्दै देशवासीलाई सफलता र उन्नतिको वर्ष रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।