५ आश्विन २०८१, शनिबार
,
Latest
मेयर बालेनले गरे सामुदायिक विद्यालयको अवलोकन : के भने ? (फाेटाेफिचर) एउटै नाउरको सिकार गर्न २३ लाख ! ‘दु:खीलाई दु:खले कहिल्यै नछोड्ने रहेछ’ तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने डेढ करोडभन्दा बढी लागतमा बनेको पशु अस्पताल सञ्चालनमा आएन आज बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना दसैँको टीकाकाे शुभ साइत असोज २६ गते बिहान ११:३६ बजे प्रगति प्रतिवेदन मेयर बालेनलाई बुझाउदै बिदा भए प्रदीप प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री पौडेल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाना सिंगरले गुटेरेसलाई दिइन् द्वन्द्वपीडित संघसंस्थाका मागहरु



अ+ अ-

काठमाडौं: नेपालस्थित राष्ट्रसंघीय मिसन प्रमुख हाना सिंगरले द्वन्द्वपीडितका मागहरु समेटिएको मागपत्र नेपाल भ्रमणमा रहेका राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसलाई हस्तान्तरण गरेकी छिन् ।

हानाले मागपत्र हस्तान्तरण गरिएको सन्देश र फोटो सार्वजनिक गर्दै विभिन्न संघसंस्थाका तर्फबाट प्राप्त मागहरु हस्तान्तरण गरिएको बताएकी छिन् ।

नेपालमा संक्रमणकालीन न्यायसँग सम्बन्धित छलफलको केन्द्रमा द्वन्द्वपीडितका माग र प्राथमिकताहरु रहेको पनि हानाको भनाई छ ।

माओवादी शसस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानव अधिकार हननका घटनाका दोषीमाथि कारबाही, पीडितलाई क्षतिपूर्ति एवं मेलमिलापका नाममा पीडितलाई थप पीडा दिन नहुने भन्दै विभिन्न संघसंस्थाले भेटेरै महासचिव गुटेरेसलाई ध्यानाकर्षण गराउन माग गरिआएका थिए ।

तर सरकारले महासचिव गुटेरेससँग उनीहरुलाई प्रत्यक्ष भेट्न दिएको थिएन ।