११ असार २०८३, बिहीबार
,
Latest
होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभिन्न जिल्लामा भएका दुर्घटनामा १६ को मृत्यु



अ+ अ-

काठमाडौ । मुलुकका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा आज १६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार प्युठान, सुनसरी, सिरहा, रुपन्देही, स्याङ्जा र धादिङमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको ज्यान गएको हो । प्युठानको गौमुखी गाउँपालिका–६ ओखरपाटा भन्ने स्थानमा विवाहको दुलही लिएर फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप सडकबाट १५० मिटर तल खसेर आज बिहान भएको दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार ६ जनाको घटनास्थल मै र २ जनाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका पाँच घाइते भएकामध्ये २ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र र तीनजनालाई थप उपचारको लागि बुटबल पठाइएको छ ।

यता सुनसरीको भोक्राहा नरसिहं गाउँपालिका–३ खुनिया पुलस्थित सडकमा ना ८ ख ८४९३ नम्बरको बस र ना २ ख २९९६ नम्बरको ट्रक गएराति एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । उक्त दुर्घटनापश्चात आगलागी भएको र त्यसमा परेर उनीहरूको मुत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका २७ जनाको सुनसरी र विराटनगरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

यस्तै सिरहा, गोलबजार नगरपालिका–४ स्थित सडकमा ना १ ज ५९१२ नम्बरको गाडीको ठक्करबाट मिर्चैया नगरपालिका–६ बस्ने ४५ वर्षीय ब्रह्मदेव ठाकुरको मृत्यु भएको छ । रुपन्देही, तिलोत्तमा नगरपालिका–९ स्थित सडकमा लु ३७ प ६३५१ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका–१५ कोटिहवा बस्ने २४ वर्षीय सुशान्त बस्यालको मृत्यु भएको छ ।

स्याङजा, विरुवा गाउँपालिका–३ धोवादीस्थित भित्री सडकमा ग १ ज ५९३९ नम्बरको जिप सडकदेखि अन्दाजी ५०० मिटर तल खसेर आज दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाइएको छ । धादिङको धुनिवेशी नगरपालिका–१ बन्चरेस्थित सडकमा प्र३–०१–००३ क ७२५५ नम्बरको जेसिबी आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ४० मिटर तल खोल्सामा खसेर भएको दुर्घटनामा पहिचान नखुलेका एक व्यक्तिको मृत्यु भएको छ । रासस