६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभिन्न जिल्लामा भएका दुर्घटनामा १६ को मृत्यु



अ+ अ-

काठमाडौ । मुलुकका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा आज १६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार प्युठान, सुनसरी, सिरहा, रुपन्देही, स्याङ्जा र धादिङमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको ज्यान गएको हो । प्युठानको गौमुखी गाउँपालिका–६ ओखरपाटा भन्ने स्थानमा विवाहको दुलही लिएर फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप सडकबाट १५० मिटर तल खसेर आज बिहान भएको दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार ६ जनाको घटनास्थल मै र २ जनाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका पाँच घाइते भएकामध्ये २ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र र तीनजनालाई थप उपचारको लागि बुटबल पठाइएको छ ।

यता सुनसरीको भोक्राहा नरसिहं गाउँपालिका–३ खुनिया पुलस्थित सडकमा ना ८ ख ८४९३ नम्बरको बस र ना २ ख २९९६ नम्बरको ट्रक गएराति एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । उक्त दुर्घटनापश्चात आगलागी भएको र त्यसमा परेर उनीहरूको मुत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका २७ जनाको सुनसरी र विराटनगरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

यस्तै सिरहा, गोलबजार नगरपालिका–४ स्थित सडकमा ना १ ज ५९१२ नम्बरको गाडीको ठक्करबाट मिर्चैया नगरपालिका–६ बस्ने ४५ वर्षीय ब्रह्मदेव ठाकुरको मृत्यु भएको छ । रुपन्देही, तिलोत्तमा नगरपालिका–९ स्थित सडकमा लु ३७ प ६३५१ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका–१५ कोटिहवा बस्ने २४ वर्षीय सुशान्त बस्यालको मृत्यु भएको छ ।

स्याङजा, विरुवा गाउँपालिका–३ धोवादीस्थित भित्री सडकमा ग १ ज ५९३९ नम्बरको जिप सडकदेखि अन्दाजी ५०० मिटर तल खसेर आज दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाइएको छ । धादिङको धुनिवेशी नगरपालिका–१ बन्चरेस्थित सडकमा प्र३–०१–००३ क ७२५५ नम्बरको जेसिबी आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ४० मिटर तल खोल्सामा खसेर भएको दुर्घटनामा पहिचान नखुलेका एक व्यक्तिको मृत्यु भएको छ । रासस