४ भाद्र २०८३, बिहीबार
,
Latest
हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ नाडाको ५० वर्षे यात्रा: ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९… दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने विषयमा छलफल दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले उपाधि जित्ने सन्दीपको विश्वास



file photo: can
अ+ अ-

काठमाडौँ । नेपालका स्पिनर सन्दीप लामिछानेले आइसिसी ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्वालिफायरको सेमिफाइनलमा प्रवेश गरे घरेलु टोली उपाधि नै जित्ने विश्वास व्यक्त गरेका छन् ।

मंगलवार मलेसियामाथि ६ विकेटको जित निकाल्दै नेपाल समूह ‘ए’ बाट एक खेल अगावै जारी एशिया क्वालिफायरको सेमिफाइनलमा पुगेको छ । त्यो सफलतासँगै भएको पत्रकार सम्मेलनमा सन्दीपले नेपालको अहिले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा निकै राम्रो रहेकाले उपाधि जित्ने नै विश्वास व्यक्त गरे ।

यस्तै, लामिछानेले ब्याटिङमा पुराना समस्या हटेको र एक जना चल्न नसक्दा राम्रो ब्याकअप पाउनु निकै सुखद् पक्ष रहेको बताए । उनले आजको खेलमा कुनैपनि समय नेपाल पछि नपरेको उल्लेख गरे ।

साथै उनले अहिले नेपालको घरेलु मैदानमा नेपालसँग खेल्न कुनै टोलीका लागि पनि सहज नहुने बताए । यो समूहबाट नेपालसँगै ओमान एक खेल बाँकी छँदा नै सेमिफाइनलमा पुग्न सफल भयो ।

यी दुईबीच समूह विजेताका लागि अन्तिम खेल आगामी बिहीवार हुनेछ ।