२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रसंघको सुरक्षा परिषदमा सुधार जरुरी छ : महासचिव गुटेरेस



अ+ अ-

काठमाडौं: नेपालको औपचारिक भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनीयो गुटेरेसले आज संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्दै नेपाल र अन्य देशले जलवायू परिर्वतनका सन्दर्भमा व्यक्त गरेका प्रतिबद्धता पूरा गर्नु पर्ने बताउनु भएको छ ।

उहाँले भन्नुभयो, मैले राष्ट्रसंघमा जलवायू परिवर्तनका असर कम गर्नेगरी ५०० बिलियन डलर खर्च गर्नु पर्दछ भन्ने प्रस्ताव गरेको छु । यस प्रतिबद्धतालाई पूरा गर्न म यहाँबाट पनि आग्रह गर्दछु ।

महासचिव गुटेरेसले भन्नुभयो, जलवायू परिवर्तनका असर भविष्यमा देखा पर्ने होइनन्, ती आजै परिरहेका छन् । नेपाली जनता पनि जलवायू परिवर्तनका कारण उत्पन्न बाढीपहिरो, डढेलो, हिमाल पग्लनु जस्ता घटनाबाट पीडित भइरहेका छन् । विकासशील मुलुकहरुको प्रतिनिधित्व राष्ट्रसंघमा बढी छ, र मैले राष्ट्रसंघको सुरक्षा परिषदको पुनर्संरचनाका लागि आग्रह गरिरहेको छु जसबाट साना राष्ट्रको आवाज पनि बलियो रुपमा राख्न सकिने छ, उहाँले भन्नुभयो ।

देवराज घिमिरेले महासचिव गुटेरेसले नेपालको संयुक्त बैठकलाई सम्बोधन गरेकामा संसदका तर्फबाट धन्यवाद दिनु भएको थियो ।

तस्बिर : रत्न श्रेष्ठ/रासस