१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

महासचिव गुटेरेसको सम्बोधन सुरु

महासचिव गुटेरेसको सम्बोधन सुरु
अ अ+ अ-

काठमाडौं: नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टियो गुटेरेसले सङ्घीय संसदको संयुक्त बैठकलाई सम्बोधन सुरु गर्नुभएको छ ।

त्यसअघि सभामुख देवराज घिमिरेले महासचिव गुटरेसलाई सम्बोधनका लागि अनुमति दिनुभयो । महासचिव गुटेरेस सङ्घीय संसद भवन नयाँ बानेश्वर पुग्दा सुरुमा सङ्घीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमलगायतले स्वागत गर्नुभयो । महासचिव गुटेरेस भवन प्रवेश गर्नुभएपछि सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना मगर, राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलगायतले स्वागत गर्नुभयो ।

सो अवसरमा महासचिव गुटेरेसले र सभामुख घिमिरे, राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना, उपभामुख राना मगर, राष्ट्रियसभा उपाध्यक्ष अर्यालसँग संक्षिप्त भेटवार्ता गर्नुभयो । महासचिव गुटरेसको स्वागतका लागि सङ्घीय संसद भवनलाई सिङ्गारिएको थियो । भवनको मुख्यद्वारदखि नै नेपालको झण्डा, तुल ब्यानर राखिएको छ ।

आजको बैठकमा सङ्घीय संसद सचिवालयले सांसदहरुलाई राष्ट्रिय पोशाकमा उपस्थित हुन आग्रह गरेको थियो । संसद भवनमा पूर्वसभामुख दमननाथ ढुङ्गाना र अग्निप्रसाद सापकोटा, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, यहाँस्थित कुटनीतिक नियोगका प्रतिनिधि, नेपाल सरकारका उच्च अधिकारी, प्राध्यापक, पूर्वसांसद तथा सञ्चारकर्मीको उपस्थिति छ ।

यही कात्तिक १२ गते चार दिने नेपाल भ्रमणमा आउनुभएका महासचिव गुटेरेसले यसबीचमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख घिमिरे, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसक्नुभएको छ । यस्तै, उहाँले सोलुखुम्बुको खुम्बु क्षेत्र, अन्नपूर्णको आधार शिविर पुगेर जलवायु परिवर्तनले पारेको असरका बारेमा जानकारी लिनुभएको थियो ।

त्यसैगरी उहाँले हिजो पोखरा पुग्नुभइ पुम्दिकोटस्थित महादेवको विशाल मूर्ति अवलोकन गर्नुभयो भने फेवातालमा नौका बिहार गर्नुभयो । साथै आजै विश्व शान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी पुगेर विश्व शान्तिका लागि आह्वान गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणका आउनुभएका महासचिव गुटेरेसले शान्ति प्रक्रिया र जलवायु परिवर्तनका विषयलाई प्राथमिकतामा राख्नुभएको छ । लुम्बिनीमा आजै प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसले सम्बोधन गर्नुभएको थियो ।रासस