७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

बंगलादेशविरुद्धको खेलमा शाहिन अफ्रिदीले बनाए यस्तो कीर्तिमान

बंगलादेशविरुद्धको खेलमा शाहिन अफ्रिदीले बनाए यस्तो कीर्तिमान
अ+ अ-

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ को ३१ औँ खेल पाकिस्तान र बंगलादेशबीच हुँदैछ । उक्त खेलमा बंगलादेशले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । टस जितेर ब्याटिङ गरेको बंगलादेशको सुरुवात निकै खराब रह्यो । टोलीलाई पहिलो ओभरमै झट्का लाग्यो ।

पाकिस्तानी टिमका तिब्र गतिका बलर शाहिन शाह अफ्रिदीले बंगलादेशका ओपनर तान्जिदलाई एलबीडब्ल्यू आउट गरेका थिए । खेलमा पहिलो विकेट लिएर शाहिन शाह अफ्रिदीले इतिहास रचे ।

कोलकाताको इडेन गार्डेन मैदानमा बंगलादेशविरुद्ध खेलिरहेको खेलमा पाकिस्तानी टिमका फास्ट बलर शाहिन अफ्रिदीले १ विकेट लिएर कीर्तिमान बनाएका हुन् । बंगलादेशको इनिङ्सको पहिलो ओभरमा शाहिन अफ्रिदीले एक विकेट लिएर एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान पूरा गरेका छन् ।

उनले इनिङ्सको पहिलो ओभरको पाँचौं बलमा यो उपलब्धि हासिल गरेका हुन् । अफ्रिदीले आफ्नो ५१ खेलमा यो ठूलो उपलब्धि हासिल गरेका छन् । यसअघि सन्दीप लामिछानेले ४१औँ एकदिवसीय खेलमा सय विकेट लिएका थिए भने राशिद खानले ४२औँ खेलको इनिङ्समा यो उपलब्धि हासिल गरेका थिए । यसै क्रममा शाहिन अफ्रिदीले ५२औं खेलमा यो कीर्तिमान गरेका मिचेल स्टार्कको कीर्तिमान तोडे ।

एकदिवसीय खेलमा छिटो १०० विकेट लिने बलर:
सन्दीप लामिछाने – ४२ खेल
राशिद खान – ४४ खेल
शाहिन अफ्रिदी– ५१ खेल
मिचेल स्टार्क – ५२ खेल
सकलेन मुश्ताक – ५३ खेल