१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

अधिकारकर्मीबाट नेपालस्थित राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन

अधिकारकर्मीबाट नेपालस्थित राष्ट्रसंघ कार्यालय अगाडि  प्रदर्शन
अ अ+ अ-

काठमाडौं ।  मानव अधिकार तथा शान्ति समाजद्वारा सञ्चालित आतंकवाद र युद्ध विरुद्ध अभियानका क्रममा   नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालय पुल्चोक अगाडि समाजले आधा घण्टा प्रदर्शन गरेको छ ।

युद्धग्रस्त गाजामा नागरिकहरुको जीवन रक्षाको लागि प्रभावकारी कदम चाल्न र हमासले बन्धक बनाएका विपिन जोशी लगायत सबै बन्धकहरुको शिघ्र रिहाइका लागि पहल गर्न संयुक्त राष्ट्रसंघलाई आग्रहसहित प्रदर्शन भएको हो ।

मानव अधिकार तथा शान्ति समाजले हमासको आतंक र इजरायलको बर्बरताको निन्दा गर्दै आएको छ । हमासको आतंक र इजरायलको बर्बरता, दुवै विश्व शान्तिका लागि खतरा भएको धारणा शान्ति समाजको रहेको छ  भने स्थापनाकालदेखि नै (२८ वर्षदेखी) । युद्ध र आणविक अस्त्र विरुद्ध अभियान सञ्चालन गर्दै आएको छ ।

प्रदर्शनमा सहभागिहरुले UNITED NATIONS: TAKE EFFECTIVE ACTION TO PROTECT CIVILIANS IN GAZA, HAMAS: STOP TERRORISM, RELEASE ALL HOSTAGES INCLUDING  BIPIN  JOSHI WITHOUT CONDITIONS, ISRAEL: RESPECT INTERNATIONAL HUMANITARIAN LAW, STOP CRIMES AGAINST HUMANITY, BOTH THE ACTIONS OF HAMAS AND ISRAEL POSE A SEVERE THREAT TO GLOBAL PEACE, STOP WAR: PROMOTE PEACE HAMAS: WHERE IS OUR BELOVED BIPIN JOSHI? लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापतिहरु होमकान्त चौलागाई  र डा. गंगाधर अधिकारी, महासचिव रेनुका पौडेल, सचिव चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्य नम्रता खरेल, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, चितवन शाखा सभापति शम्भु राउत, अधिकारकर्मीहरु बलबहादुर गाहा, जगन्नाथ पुडासैनी, ईश्वर पुडासैनी, नानीकाजी गिरी, तुलसीराम भण्डारी, रमेश बराल, सानु लामा, सुप्रिया सापकोटा, सार्जन चापागाई, लगायत दर्जनौ शान्तिवादीहरुको सहभागिता थियो ।
सोही क्रममा शान्ति समाजका तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिवलाई लेखिएको पत्र नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयका अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।

सोही दौरान द्वन्द पीडित समुदायका तर्फबाट पनि न्यायका लागि ध्यानाकर्षण गराइएको थियो जस्मा द्वन्द पीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी, का.वा. अध्यक्ष कल्याण बुढाथोकी लगायत दर्जनौ द्वन्द पीडितको सहभागिता थियो ।