• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

तरहरा-धरान सडक निर्माणमा तदारुकता देखाउन विवेकशील साझा पार्टीको माग



विराटनगर। विवेकशील साझा पार्टी कोशी प्रदेश समितिले कोशी राजमार्ग अन्तर्गत तरहरा- धरान सडक खण्ड समयमै निर्माण नहुँदा सर्वसाधारणले खेप्नु परेको सास्तीवारे सरोकारवालालाई ध्यानाकर्षण गराएको छ।

पार्टी प्रतिनिधि मण्डलले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई भेटी निर्धारित समयावधि समाप्त भई सक्दा पनि तरहरा(धरान सडक खण्ड निर्माण कार्य पूरा नहुँदा सर्वसाधारणले दैनन्दिन दुख: झेल्नु परेको भन्दै ध्यानाकर्षण गराएको हो।

प्रदेश अध्यक्ष सुदन श्रेष्ठले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री कार्कीले चाँडै सम्बन्धित निकायलाई बोलाएर प्रगति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो।

पार्टी उपाध्यक्ष प्रकाशचन्द्र परियार, प्रदेश अध्यक्ष श्रेष्ठ, केन्द्रीय सदस्य विरेन्द्र गुप्ता, प्रदेश उपाध्यक्ष हेमन्त भट्टराई, सचिव चिरञ्जीवी रेग्मी, सदस्य भुवन थापा, अगुवा सदस्यहरु राजेन्द्रराज कुँवर, पुनितलाल कर्ण, लिला पोखरेल, ईरा श्रेष्ठ, सतिष कर्ण सहितको टोलीले प्रदेशको समसामयिक सवालमा मुख्यमन्त्री कार्कीलाई ध्यानाकर्षण गराएको थियो।

भेटवार्तामा पार्टीले प्रकाशन गरेको नेपालको सांस्कृतिक मानचित्र पार्टी उपाध्यक्ष प्रकाशचन्द्र परियारले मुख्यमन्त्री कार्कीलाई हस्तान्तरण गर्नु भयो।
मानचित्र ग्रहण गर्दै मुख्यमन्त्री कार्कीले ऐतिहासिक नेपालको गोैरवमय ईतिहास झल्काउने साँस्कृति मानचित्र आफ्नो कार्यालयमा राखेर प्रचार(प्रसारमा सहयोग गर्ने वताउनु भयो।

भेटवार्तामा मुख्यमन्त्री कार्कीले भारतबाट अनियमित तरिकाबाट भित्रिएका कुखुराहरुका कारण नेपाली पोल्ट्री ब्यवसायमा परेको नकारात्मक असर नियन्त्रणवारे पनि आश्वस्त पार्नु भयो।