९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दो



अ+ अ-

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दो रहेको पाइएको छ । भारतमा कोरोना सङ्क्रमण उच्च गतिमा बढिरहेको  बेला भारतको विभिन्न सहर  बाट काम गरेर फर्किरहेका  नेपालीमा  पनि  सङ्क्रमण बढ्दो रहेको पाइएको हो । 

हाल  गौरीफन्टा नाकाबाट  सबैभन्दा बढी नेपाली फर्किरहेका छन् । जसमध्ये धेरैलाई कोरोना पुष्टि भएको छ । चैत ३ देखि ३० गतेसम्म यो नाकाबाट फर्किएका मध्ये  आठ हजार ८०८ जनाको एन्टिजेन  विधिबाट  परीक्षण गरिएको छ ।    

जसमध्ये ४६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बुधबार दिउँसो  सम्ममा गौरीफन्टा नाकाबाट आएकामध्ये १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । चैत  २० गते यता भारतबाट आउनेमा कोरोना सङ्क्रमण बढी मात्रामा पुष्टि भएको  नाकामा खटिएका जिल्ला स्वास्थ्य कार्यालय कैलालीका कर्मचारी अमित  विकले बताए  । गोरखापत्र दैनिकमा छ ।