६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दो



अ+ अ-

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दो रहेको पाइएको छ । भारतमा कोरोना सङ्क्रमण उच्च गतिमा बढिरहेको  बेला भारतको विभिन्न सहर  बाट काम गरेर फर्किरहेका  नेपालीमा  पनि  सङ्क्रमण बढ्दो रहेको पाइएको हो । 

हाल  गौरीफन्टा नाकाबाट  सबैभन्दा बढी नेपाली फर्किरहेका छन् । जसमध्ये धेरैलाई कोरोना पुष्टि भएको छ । चैत ३ देखि ३० गतेसम्म यो नाकाबाट फर्किएका मध्ये  आठ हजार ८०८ जनाको एन्टिजेन  विधिबाट  परीक्षण गरिएको छ ।    

जसमध्ये ४६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बुधबार दिउँसो  सम्ममा गौरीफन्टा नाकाबाट आएकामध्ये १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । चैत  २० गते यता भारतबाट आउनेमा कोरोना सङ्क्रमण बढी मात्रामा पुष्टि भएको  नाकामा खटिएका जिल्ला स्वास्थ्य कार्यालय कैलालीका कर्मचारी अमित  विकले बताए  । गोरखापत्र दैनिकमा छ ।