२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप: पाकिस्तान र बंगलादेश भिड्दै



पाकिस्तानी बलर शाहिन अफ्रिदी
अ+ अ-

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको ३१ औँ खेलमा आज पाकिस्तान र बंगलादेश भिड्दै छन् । कोलकातास्थित इडेन गार्डेन स्टेडियममा हुन लागेको खेल नेपाली समय अनुसार दिउँसोको २:१५ बजेबाट सुरु हुनेछ ।

निराशाजनक प्रदर्शन गरिरहेका यी दुवै टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना निकै कम रहेको छ । ६ खेल खेलिएकोमा चार खेलमा हार र दुईमा जितसहित पाकिस्तान अंकतालिकाको सातौँ स्थानमा छ । यता, बंगलादेश पनि खेलिएको ६ मध्ये एक खेलमा जित र पाँच खेलमा हारसहित तालिकाको नवौँ स्थानमा छ । आजको खेल जित्दै यि दुबै टोली आफ्नो अंकतालिकामा सुधार ल्याउन चाहन्छन् ।

हेड टु हेड
हालसम्म पाकिस्तान र बंगलादेशले ३८ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । जसमा पाकिस्तान बलियो देखिएको छ । ३८ वटा एकदिवसीय खेलिएकोमा पाकिस्तानले ३३ वटा खेलमा जित हात पारेको भने पाँचवटा खेल बंगलादेशले जितेको छ ।

आईसीसी एकदिवसीय विश्वकपमा भने हालसम्म यी राष्ट्रबिच दुईवटा खेलमात्र खेलेका छन् । त्यसमध्ये एक खेलमा पाकिस्तान र एक खेलमा बंगलादेश विजयी भएका छन् ।

पाकिस्तानको सम्भावित प्लेईङ ११:

अब्दुल्ला शफिक, इमाम-उल-हक/फखार जमान, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकीपर), साउद शकील, इफ्तिखार अहमद, शादाब खान/उसामा मीर, मोहम्मद नवाज, शाहीन अफ्रिदी, मोहम्मद वसीम जुनियर, हरिस रउफ ।

बंगलादेशको सम्भावित प्लेईङ ११:

लिट्टन दास, तान्जिद हसन, नजमुल हुसेन शान्तो, शकिब अल हसन (कप्तान), मुशफिकुर रहिम (विकेटकीपर), महमुदुल्लाह, मेहदी हसन, महेदी हसन/नसुम अहमद, तस्किन अहमद, मुस्ताफिजुर रहमान, शोरिफुल इस्लाम ।