२० भाद्र २०८३, शनिबार
,
Latest
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री राईले आज मन्त्रिपरिषद् विस्तार गर्ने



फाईल फोटो
अ+ अ-

मोरङ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । 

प्रदेश प्रमुख कार्यालयका अनुसार बिहान ११ बजे मन्त्रीहरुको शपथ ग्रहण गराउने तयारी गरिएको छ । 

मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तारका लागि ८ जनालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । 

खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका उपनेता रामकुमार राई, कृषि तथा पशुपक्षी विकासमन्त्रीमा माओवादी केन्द्रका प्रमुख सचेतक झलकबहादुर मगर नियुक्त हुँदैछन् । 

यस्तै, मुख्यमन्त्री राईले सामाजिक विकासमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का राजन राई, पर्यटन तथा संस्कृतिमन्त्रीमा एकीकृत समाजवादीका खिनु लङ्वा लिम्बु र विना विभागीयमा एकीकृत समाजवादीका उपेन्द्र घिमिरेलाई नियुक्त गर्दैछन् । 

यद्यपि, घिमिरेलाई कुन मन्त्रालयको जिम्मेवारी दिनेबारे निर्णय भइनसकेको बताइएको छ । 

कांग्रेसबाट वन, वातावरण तथा भूसंरक्षणमन्त्रीमा शेखरचन्द्र थापा, उद्योग, श्रम तथा रोजगारमन्त्रीमा प्रकाशप्रताप हाङ्गाम र भूमि, सहकारी तथा यातायातमन्त्रीमा ओमप्रकाश सरावगीलाई नियुक्त गर्ने तयारी गरिएको कांग्रेस संसदीय दलले जनाएको छ । 

योसँगै प्रदेश १ मा १३ वटा मन्त्रालय हुने भएको छ ।