७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिकोणात्मक सिरिजः नेपाल उपाधिका लागि युएईसँग खेल्दै



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टि-२०आई सिरिजको उपाधिका लागि आज घरेलु टीम नेपालले युएई विरुद्ध प्रतिष्पर्धा गर्दैछ । कीर्तिपूरस्थित त्रिवि मैदानमा हुने फाइनल खेल बिहानको ११ बजे सुरु हुनेछ ।

राउण्ड रोबिनको आधारमा खेलाइएको प्रतियोगितामा अपराजित रहँदै नेपाल फाइनलमा पुगेको हो । यता, युएई भने अन्तिम खेलमा हङकङसँग भारी रनको अन्तरले पराजित भएपनि नेट रनरेटका आधारमा फाइनल प्रबेश गरेको थियो ।

यसै प्रतियोगितामा भएको पहिलो खेलमा नेपालले युएईलाई सात विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा पाँच विकेटले हराएको थियो । फाइनल खेलमा पनि हराउँदै नेपाल घरेलु मैदानमा सानको साथ उपाधि उचाल्न चाहन्छ ।

त्रिकोणात्मक टि-२०आई सिरिज लगतै नेपलले टी(२० विश्वकप २०२४ को एसिया क्षेत्रको छनोट प्रतियोगिता खेल्दैछ । घरेलु मैदान नेपालमा हुन लागेको खेल यही अक्टोबर ३० ९सोमबार० देखि हुँदैछ । मुलपानी र कीर्तिपुर मैदानमा हुने खेलहरुमा नेपालसहित आठ वटा देशले भाग लिनेछन् । ८ टीमलाई दुई समूहमा राखेर खेलाइने छ भने दुवै समूहका शीर्ष दुई टीम सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा पुग्ने दुई टीम विश्वकपका लागि छनोट हुनेछन् ।

नेपालको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया रहेका छन् । समूह ‘बी’मा यूएई, हङकङ, कुवेत र बहराइन रहेका छन् । समूह ‘ए’बाट नेपाल र ओमान तथा समूह ‘बी’बाट यूएई र हङकङ सेमिफाइनलका दावेदार हुन् । नेपाल उपाधिको दावेदारसमेत हो । नेपालले आफ्ना सबै खेलहरु कीर्तिपुर मैदानमा खेल्नेछ । नेपालको पहिलो म्याच सोमबार सिंगापुरविरुद्ध छ ।