७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपा लिग: टुलोजको गोलपोस्टमा लिभरपुलको पाँच गोल



अ+ अ-

युरोपा लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा इङलिस क्लब लिभरपुलले फ्रान्सेली क्लब टुलोजलाई गृह मैदान एन्फिल्डमा ५–१ गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै लिभरपुल समूह ई बाट नकआउट चरणमा प्रवेश गरेको छ ।

लिभरपुलका लागि डिएगो जोटा, वातारु इन्डो, डार्विन नुनेजले पहिलो हाफको ९, ३० र ३४ औं मिनेटमा गोल गरेर टुलोजमाथि दबाब बनाएका थिए । त्यस्तै रायन ग्रिबेनबर्चले ६५औं तथा मोहम्मद सलाहले ९३औं मिनेटमा गोल गरेर टिमको स्कोर ५ गोल बनाएका थिए ।

टुलोजका लागि एकमात्र गोल १६ औं मिनेटमा थिज डालिङ्गाले गरेका थिए ।

समूह ई मा तीन खेल खेलेको लिभरपुलले तीन वटै खेल जितेर ९ अंक सहित पहिलो स्थानमा छ ।

यस समूहमा दोस्रो स्थानमा युनियन सेन्ट जिलोज र टुलोजको समान चार चार अंक छ । दोस्रो स्थानमा रहेको जिलोज भने प्लेअफका लागि छनौट भएको छ । एजेन्सी