४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पसल र घरबाहिर किन झुण्ड्याइन्छ कागती र खुर्सानी ?



अ+ अ-

एजेन्सी । तपाईले प्रायः देख्नु भएको होला कि मानिसहरूले आफ्नो घर र पसलको मुख्य प्रवेशद्वारमा कागती र खुर्सानी झुण्ड्याउँछन् । यो विधिलाई नराम्रो नजरबाट बच्न रामबाण उपाय मानिन्छ । तर यो उपाय आँखाको दोषबाट बच्न मात्र उपयोगी छैन, यसको अन्य फाइदा पनि छन् ।

कागती र खुर्सानी झुण्ड्याउनु पछाडि कागती अमिलो भए खुर्सानी पिरो हुन्छ भन्ने मान्यता रहेको छ । कागतीको अमिलो र खुर्सानीको पिरोपनका कारण यसलाई नराम्रो नजरबाट बचाउने सबैभन्दा प्रभावकारी उपाय मानिन्छ । बाहिरी व्यक्तिले कागती र खुर्सानी देखेपछि उसको एकाग्रतामा गडबड हुन्छ र ऊ लामो समयसम्म घर वा पसल हेर्न सक्दैन । यसले तपाईको घर वा पसललाई नराम्रो नजरबाट जोगाउँछ ।

कागती र खुर्सानीलाई घरबाहिर झुण्ड्याउँदा नकारात्मक उर्जालाई मात्र टाढा राख्दैन, परिवारका सदस्यहरूबीच प्रेम पनि कायम हुन्छ । अर्कोतर्फ, यदि तपाईंले यसलाई आफ्नो गाडीमा झुण्ड्याउनु भयो भने, दुर्घटनाको जोखिम कम हुन्छ र तपाईंको गाडीलाई कुनै पनि हिसाबले क्षति हुँदैन भन्ने मान्यता पनि छ ।

पसल वा कार्यालयको मुख्य ढोकामा कागती र खुर्सानी टाँग्दा व्यापारमा नराम्रो नजर लाग्दैन, साथै व्यापारमा उन्नति पनि हुन्छ । ख्याल राख्नुहोस् कागती–खुर्सानीको उक्त झुप्पोलाई हरेक हप्ता फेर्नुपर्छ, अन्यथा यसको फाइदा हुँदैन ।