६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसी विश्वकपः अष्ट्रेलिया र नेदरल्याण्ड्स भिड्दै



अ+ अ-

एजेन्सी । आईसीसी क्रिकेट विश्वकप २०२३ को २४ औँ खेलमा आज अष्ट्रेलिया र नेदरल्याण्ड्स भिड्दैछन् । नयाँ दिल्लीको अरुण जेटली स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार दिउँसोको २ः१५ बजेबाट सुरु हुनेछ ।

सुरुका दुई खेलमा हार बेहोर्दै खराब सुरुवात गरेको अस्ट्रेलियाले पछिल्लो दुई खेलको जितको लय कायम गरेको छ। अस्ट्रेलिया अंक तालिकाको चौथो स्थानमा रहेको छ । आजको खेलमा नेदरल्यान्ड्सलार्ई हराउदै सेमिफाइनलमा पुग्ने सम्भावनालाई थप सुधार गर्न चाहन्छ ।

यता, नेदरल्याण्ड एक जित र तीन पराजयका साथ सातौं स्थानमा छ । तेस्रो खेलमा दक्षिण अफ्रिकालाई ३८ रनले हराएको नेदरल्याण्ड्सले पहिलो, दोस्रो र चौथो खेलमा हार बेहोरेको थियो ।

आजको खेलमा अस्ट्रेलियाका ओपनर डेभिड वार्नर र मिचेल मार्शबाट सानदार ब्याटिङको अपेक्षा गरिएको छ । आफ्नो अघिल्लो खेलमा पाकिस्तानविरुद्ध वार्नरले १२४ बलमा १६३ र मार्सले १०८ बलमा १२१ रन बनाएका थिए। यसैबीच एडम जाम्पाले पनि राम्रो बलिङ प्रदर्शन गर्दै चार विकेट लिएका छन् ।

अस्ट्रेलिया विरुद्ध नेदरल्याण्ड्सः हेड-टू-हेड
दुवै टोलीले हालसम्म दुई वटा एकदिवसीय खेलमा आमनेसामने गरेका छन् । दुवैमा अस्ट्रेलियाले जित हात पारेको छ।

अष्ट्रेलियाका सम्भावित प्लेईङ ११
मिचेल मार्श, डेभिड वार्नर, स्टीभ स्मिथ, मार्नस लाबुसचेन, जोश इंग्लिस (विकेटकिपर), ग्लेन म्याक्सवेल, प्याट कमिन्स (कप्तान) , मार्कस स्टोइनिस, मिचेल स्टार्क, एडम जाम्पा र जोश हेजलवुड।

नेदरल्याण्ड्सका सम्भावित प्लेईङ ११
विक्रमजीत सिंह, मैक्स ओडाउड, कोलिन एकरम्यान, बास डे लीडे, साइब्रान्ड एंगेलब्रेच, तेजा निदामानुरु, स्कट एडवर्ड्स (कप्तान/विकेटकिपर), लोगान भ्यान बेक, रोइलोफ भ्यान डेर मर्वे, आर्यन दत्त र पल भ्यान मिकरेन।