१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

नेपाल र भारतबीचका समस्यालाई छलफल र संवादबाट हल गर्नुपर्छः परराष्ट्रमन्त्री (भिडियोसहित)

नेपाल र भारतबीचका समस्यालाई छलफल र संवादबाट हल गर्नुपर्छः परराष्ट्रमन्त्री (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतकोबीचमा देखिएका सबै समस्यालाई छलफल र संवादबाट आपसी समझदारीमा हल गर्नुपर्ने बताउनुभएको छ । 

शुक्रबार नेपाल भारत मैत्री संघका नव निर्वाचित केन्द्रीय कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले नेपाल र भारतकोबीचमा देखिएको सीमा समस्या लगायत सबै खाले समस्याको समाधान आपसी समझदारीमा गर्न सकिने बताउनुभएको हो । इतिहासले बाँकी राखिदिएका त्यस्ता समस्या समाधान गर्न र सीमा लागयतका कतिपय सन्धी सम्झौताहरुमा नमिलेका विषयहरुलाई दुवै देशले एकआपसमा विश्वासका साथ छलफल गरेर जान सके समाधान हुने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो ‘दुई देशका बीचमा केही इतिहासले बाँकी राखिदिएका समस्याहरु, इतिहासले नसुल्झाइदिएका र अधुरै छोडेका समस्याहरु छन । सीमा लगायतका कतिपय सन्धी सम्झौताहरुमा नमिलेका विषयहरु छन जसलाई उच्च विश्वासका साथ हामीले छलफल गरेर अगाडि बढाउन सक्छौं । पोलिटिकल्ली एउटा अण्डरस्ट्याण्डिङ्ग भयो भने र दुवै देशले एक आपसमा विश्वासका साथ अगाडि बढेर जान सक्यौं भने मलाई लाग्छ इतिहासले अधुरो छोडेका यी समस्याहरुलाई समाधान गर्न कुनै गाह्रो छैन ।’ 

नेपालले भारतसँग भएका कुनैपनि समस्याहरु समाधान गर्न सकिदैन भन्ने नठानेको पनि स्पष्ट पार्नुभयो । नेपाल र भारत एक आपसमा प्रतिस्पर्धी मुलुक नभई मित्र भएकाले कुनैपनि समस्या समाधान गर्नका लागि समस्या नहुने बताउनुभयो । उहाँले भन्नुभयो ‘भारतसँग कुनैपनि समस्या छन्, तिनिहरुलाई छलफलद्धारा विश्वासका आधारमा समाधान गर्न नसकिने कुनैपनि विषय छन भन्ने हामी ठान्दैनौं । किन भने नेपाल र भारत प्रतिस्पर्धी होइनन । नेपाल र भारत मित्रहरु हुन । प्रतिस्पर्धीहरुकाबीचमा समस्या समाधान गर्न गाह्रो हुन्छ । मित्रहरुकाबीचमा समस्या छन भने समाधान गर्न कुनैपनि गाह्रो हुँदैन ।’

परराष्ट्र मन्त्री ज्ञवालीले कोभिड विरुद्धको लडाईमा नेपाल र भारत एकसाथ अगाडि बढेको पनि बताउनुभयो । नेपालका लागि भारतले कोभिड विरुद्धको खोप उपलब्ध गराएर सहयोग गरेको पनि बताउनुभयो । यस्तै नेपाल र भारतबीच खुला सिमाना रहेको र मानिसहरुको आवगमनका कारण कोभिड महामारी फैलन नदिन दुवै देशले सहकार्य गरी काम गरिराखेको पनि बताउनुभयो । 

उहाँले भन्नुभयो ‘कोभिड विरुद्धको हाम्रो लडाईमा भारतले विभिन्न ढङ्गले सहयोग पु¥याउँदै आएको छ । अरु विभिन्न खालका लजिस्टिकहरु, मेडिकल सामग्रीहरु, स्वास्थ्य सामग्रीहरुका अलवा हामीले राम्रो सहयोग पायौं भारतबाट । भारतमै उत्पादित कोभिसिल्ड १० लाख डोज भारतले हामीलाई हस्तान्तरण ग¥यो र हामीले दक्षिण एशियाकै भारतसँगसँगै आफ्ना नागरिकहरुलाई खोप उपलब्ध गराउन सक्यौं । त्यो अभियान अहिले पनि निरन्तर जारी छ । 

दुई देशको बीचमा १८ सय किलोमिटर लामो खुला सिमाना छ । खुला सिमानाबाट नागरिकहरुको आवतजावत तिब्र हुने हुनाले दुवै देशले मिलेर मात्रै यो महामारीको विरुद्ध हामी अगाडि बढ्न सक्छौ। । यस सन्दर्भमा दुवै देशको बीचमा निरन्तर संवाद पनि भइराखेको छ र कसरी यो लडाई जसले हामीलाई ठूलो चुनौति खडा गरेको छ । यो चुनौतिको सामना हामी कसरी मिलेर गर्न सक्छौं भन्ने बारेमा हामीले छलफलहरु गरिरहेका छौं । सहकार्यहरु गरिराखेका छौं । ’

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउनुपर्ने बताउनुभयो । भनाई र भाषणमा मात्रै दुई देशबीचको सम्बन्धलाई सिमित नगरी व्यवहारीक रुपमा लागू गर्नुपर्ने बताउनुभयो । जनताको विश्वास टुटन नदिन पनि दुवै देशको बीचमा भएका समस्यालाई छिट्टै हल गर्नुपर्नेमा जोड दिनुभयो । 

मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको विकाशको मोडल नेपालका लागि सबैभन्दा राम्रो भएको पनि बताउनुभयो । जसका कारण अहिले देशमा विकास निर्माणका कार्यक्रमहरु अगाडि बढेको दावी पनि गर्नुभयो ।