२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

परदेशमा पर्व: अमेरिकामा रहेका नेपालीले यसरी मनाए दसैँ- फोटो फिचर

परदेशमा पर्व: अमेरिकामा रहेका नेपालीले यसरी मनाए दसैँ- फोटो फिचर
अ अ+ अ-

अमेरिका । अमेरिकामा स्थायी बसोबास गर्दै आएका नेपालीले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दै निकै रमाइलो वातावरणमा वडादसैँ मनाएका छन् ।

अमेरिकाका कैयौँ राज्यमा छरिएर बसोबास गर्दै आएका नेपालीले विजया दशमी २०८० का अवसरमा आफ्ना मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरेर दसैँ मनाएका हुन् ।

नेपालीले कतै आआफ्ना घरबस्तीमा त कतै मन्दिर या सार्वजनिकस्थलमा जम्मा भएर सामूहिकरुपमा दसैँ पर्व मनाएका हुन् ।

अमेरिकी जीवनशैलीमा व्यस्त भएर आफ्नो जीवनयापन चलाइरहेका नेपालीले विभिन्न राज्यमा स्थापित मन्दिरमा पुगेरै टीका ग्रहण गरेका तस्वीर पनि सामाजिक सञ्जालमा राखेका छन् ।

नेपालीको उपस्थिति बाक्लो रहेका टेक्सस, न्यूयोर्क, मेरिल्याण्ड, क्यालिफोर्निया, भर्जिनिया, आयोवा लगायतका क्षेत्रमा नौरथा सुरु भएदेखि नै घरमा मकै र जौका जमरा राखेर स्थानीय समयानुसार बुधबार टीका र जमरा ग्रहण गरेका हुन् ।

पछिल्ला वर्षमा नेपालीले अपार्टमेन्टको बसाईभन्दा व्यक्तिगत घर खरिद गर्ने सङ्ख्या पनि उल्लेख्यमात्रामा बढ्दै गएकाले पनि आफ्ना घरमा नै घटस्थापना गरेर जमरा राख्ने प्रचलन बढेको देखिएको छ ।

एकै स्थानमा ४०–५० को सङ्ख्यामा नेपालीको घर भएका स्थानमा एकापसमा मिलेर जमरा राखेर टीकाको दिन त्यही स्थानबाट बाँडफाँट गर्ने गरेको पनि पाइन्छ । यसरी राखिएको जमरा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासहित ग्रहण गरिन्छ ।

पारिवारीक कामका लागि अमेरिका पुग्नु भएका नेपाली का‌ग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले पनि न्युयोर्कको बफ्लोमा नेपाली समुदायसंग दसैं मनाउनु भयो । शर्मासंग टिका तथा जमरा ग्रहण गरेपछि बफ्लोमा बस्दै आउनु भएका लोकनाथ अधिकारीले भन्नुभयो “पछिल्ला वर्षमा नेपालीको कडा परिश्रमका कारणले व्यवसाय तथा रोजगारीमा वृद्धि भएसँगै आफ्ना चाडबाड र रीतिरिवाजमा बढी ध्यान गएको मैले अनुभूति गरेको छु । यसले हामीबीच आपसी भाइचारा र सम्बन्धमा विस्तार भएको छ र कुनै महत्वपूर्ण अवसर या कसैलाई गाह्रो सारो पर्दा पनि एकजुट हुन सजिलो भएको छ ।”

उहाँले भन्नुभयो “यस पटकको विजया दशमी अर्थात् टीका साच्चै अबिष्मरणीय रह्यो । परदेशको दशैंलाई पारिवारीक मिलन सहित अर्शिबचन र टिका आदरणीय दाजु बिश्वप्रकाश शर्माको हातबाट ग्रहण गर्न पाउदा कुनै शव्दमा नै बर्णन गर्न सकेको छैन । भनिन्छ समय साच्चै नै बलवान छ । सात समुद्रपारी जुरेको यो संयोगले छुट्टै आनन्दनुभूति भएको छ ।”

आफ्ना नजिकका आफन्तजनसँग कुराकानी, भेटघाट गर्न र दसैं मनाउन कतिपय नेपाली एक राज्यबाट अर्को राज्यसम्म यात्रा गर्ने गरेका पनि बताउँछन् ।

अमेरिकी जनजीवनलाई नजिकबाट भोग्न पाएका आप्रवासी नेपालीलाई आफ्नो चाडबाड र आफन्तको खोजीमा चासो हुन थालेको देखिन्छ । सायद यसैकारणले होला यसपटकको दसै. मा हरेक राज्यमा बाक्लो जमघट भएका दृश्य यत्रतत्र देखिएको छ ।

दसैँका लागि भनेर नेपालबाटसमेत अभिभावक झिकाएर अमेरिकाको भूमिमा दसैँ मान्न पाउने आफूलाई भाग्यमानी सम्झन्छन् । उनीहरुले नेपालबाट आएका अभिभावकसँगै प्रवासी भूमिमा दसै मान्न पाउँदा असाध्यै खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

आयोवामा बस्दै आउनु भएका ध्रुब अर्यालले भन्नुभयो ‘हामीहरुले हाम्रो भाषा, संस्कृतिलाई जगेर्ना गर्न सक्यौं भने मात्र भावी पिँढीसम्म नै यस्ता चाडपर्व स्थापित हुन सक्छन् । त्यसैले पारिवारिक वातावरणमै दसैँ मनाउनु भावी पिँढीका लागि एउटा मार्गनिर्देशन पनि हो ।”

काममा सधै व्यस्त रहनुपर्ने भएकाले एकअर्कासँग भेटघाट गर्न र परिवारसँग समय बिताउन चाडबाडले महत्वपूर्ण सेतुको काम गरेको छ ।

एक राज्यबाट अर्को राज्यमा पुग्न घण्टौँको सडक यात्रा तथा हवाई यात्रालाई समेतलाई प्रवाह नगरी नेपालीको चहलपहल हुनु आफै‍मा संस्कृति जगेर्नाको गतिलो उदाहरण पनि हो ।

त्यसो त दसैँको मौका पारेर विभिन्न राज्यमा रहेका स्थानीय सामुदायिक सङ्घसंस्थाले सांस्कृतिक कार्यक्रम पनि गर्ने गरेका छन् ।

यहाँका मन्दिरमा राखिएको जमरा, समुदायमा समन्वय गरेर लगाइएको टीकाले आफूलाई नेपालमै छु कि अमेरिकामा भन्ने छुट्याउन गाह्रो भएको अनुभवसमेत यहा रहेका नेपालीहरुको छ ।

टेक्सस, भर्जिनिया, मेरिल्याण्डमा रहेका नेपाली सामुदायिक केन्द्र, मन्दिरमा मानिस लाइन लागेर टीका ग्रहण गरेका दृश्य आफैमा निकै रोचक छ ।

अध्येताका अनुसार नेपालबाट अमेरिका आएका नेपालीको उपस्थिति सन् १९९५ बाट बढ्न थालेको हो । विस्तारै डाइभर्सिटी भिसाका माध्यमबाट आउनेको सङ्ख्या बढ्दै जाँदा र हरेक वर्ष झण्डै १० हजारको सङ्ख्यामा आएका विद्यार्थीका कारण अमेरिकाको भूमिमा पनि दसैँ मान्न र मनाउने परिपाटी वृद्धि हुँदै गएको छ ।

भर्जिनिया, पेन्सल भेनिया मेरिल्याण्डमा नेपालीले नै सञ्चालनमा ल्याएका बाख्रा फार्मका कारणले दसैँका बेला काठमाडौँ, पोखरा, विराटनगर, वीरगञ्ज, नारायणगढलगायतका स्थानमा देखिने खसी बजारको झल्कोसमेत अनुभूत गर्न सकिन्थ्यो । तर बलि नै दिन भने यहाँको कानूनले बर्जित गरेको छ । यहाँका स्थानीय केही ग्रोसरी स्टोरलेसमेत खसीको मासु बिक्री गर्ने भएकाले दसैँमा मांशाहारीका लागि थप सजिलो भएको थियो ।

वर्ष दिनमा आउने दसैँमा मीठोमसिनो खाने, राम्रो लगाउने भन्ने विगतका परम्परा एवं भनाइलाई पछिल्ला वर्षमा विदेशमा आएर बस्न थालेकाले पनि आफ्ना भावी सन्ततिसम्म पु-याउन सकेको देखिन्छ ।

आफ्नो कला र संस्कृतिको जगेर्ना कसरी गराउने भन्ने विषय उनीहरुले आफ्ना सन्ततिलाई यस्तै चाडबाड एवं परम्पराको जगेर्नाबाट पनि सिकाउन सक्दछन् ।

अनेकतामा एकता सांस्कृतिक पर्वको विशेषता भने झैँ अमेरिकामा पनि दसैं पर्वले विस्तारै नेपाली आप्रवासीको महत्वपूर्ण पर्वका रुपमा मान्यता पाउँदै गएको देखिन्छ ।