१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

ओलीको सत्ता लिप्साका कारण गणतन्त्र समाप्त हुने स्थितिमा पुग्दैछ — अष्टलक्ष्मी शाक्य

ओलीको सत्ता लिप्साका कारण गणतन्त्र समाप्त हुने स्थितिमा पुग्दैछ — अष्टलक्ष्मी शाक्य
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले) माधवकुमार नेपाल समूहकी बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सत्ता लिप्साका कारण गणतन्त्र समाप्त हुने स्थितिमा पुगेको टिप्पणी गर्नुभएको छ । 

नेकपा (एमाले) नेपाल समूहको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको सपथ ग्रहण समारोहमा बोल्दै नेतृ शाक्यले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको सत्ता लिप्साका कारण ठूलो संघर्षपछि स्थापित गणतन्त्र सपाप्त हुने स्थितिमा पुगेको बताउनुभएको हो । 

अध्यक्ष ओलीले गणतन्त्र ल्याउनका लागि योगदान गरेका योद्धाहरुलाई कारबाही गरेर आफू सत्ता र कुर्सि जोगाउने खेलमा लागेको आरोप समेत लागउनुभयो । अध्यक्ष ओलीका कारण अहिले पार्टी मात्रै नभई मुलुक नै अप्ठेरो स्थितिमा परेको पनि नेतृ शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो ‘कम्युनिष्ट पार्टी मात्रै होइन, मुलुक अप्ठेरोमा परेको छ । सङ्कटमा परेको छ । गणतन्त्र, लोकतन्त्र कमजोर बनाउने उहाँकै कारणले भइराखेको छ र देशको आर्थिक रुपान्तरण, सामाजिक रुपान्तरणको दिशातिर जसरी अगाडि बढ्नु पर्ने हो उहाँकै कारणले भइराखेको छैन । सत्ता लिप्सा, सत्ता लिप्सा, कुर्सि लिप्सा मात्रै, अनि गणतन्त्र ल्याउनका लागि बलिदान गर्ने योद्धाहरु, अनि एक जना व्यक्ति सत्ता लिप्सा भएर कुर्चि लिप्सा गरेर गणतन्त्रलाई नै समाप्त गर्ने खालको दुस्साहस गर्ने यो सुहाउने कुरा होइन ।’

अध्यक्ष ओलीमा आफू ठूलो पदमा पुगें भन्ने दम्भ रहेको पनि नेतृ शाक्यले बताउनुभयो । त्यही दम्भका कारण अहिले देश अप्ठेरोमा परेको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘मलाई लाग्छ उहाँ सच्चिनुहोला जस्तो लाग्दैन । उहाँमा दम्भ छ, घमण्ड छ, उहाँलाई ठूलो पदमा पुगें अब जीन्दगिमा कहिल्यै पुग्ने छैन त्यसैले अब मैले कोसँग माफि माग्ने, कोसँग मैले आफ्नो कमजोर स्थिति बनाउनुपर्छ रु पर्दैन, म ठूलो ठाउँमा पुगें प्रधानमन्त्री जस्तो ठूलो ठाउँमा, पार्टी अध्यक्ष जस्तो ठूलो ठाउँमा पुँगे भनेर उहाँमा जे दम्भ छ त्यो दम्भले आज मुलुक अप्ठेरोमा परेको छ ।’ 

नेतृ शाक्यले आफूहरु नेकपा एमाले कमजोर भएको हेर्न नचाहेको पनि स्पष्ट पार्नुभयो । तर अहिले अध्यक्ष ओलीले पार्टीलाई विचार विहिन, विधि मिचिएको र विधि समाप्त पार्टीको रुपमा खडा गर्न खोजेको आरोप पनि लगाउनुभयो । उहाँले भन्नुभयो ‘नेकपा एमालेलाई हामी कमजोर भएको हेर्न चाहँदैनौं । शक्तिहिन भएको हेर्न चाहँदैनौं, ध्वजा ध्वजा भएको हेर्न चाहँदैनौं, विचार शुन्य भएको हेर्न चाहँदैनौं, विधि मिचिएको र विधि समाप्त भएको हेर्न चाहँदैनौं । यो कम्युनिष्ट पार्टी हो । कमरेड पुष्पलालले जन्माएको कम्युनिष्ट पार्टी हो । त्यसो भएको हुनाले हामीले नेकपा एमाले सबै हिसाबले बलियो बनाएर यो मुलुकको नेतृत्व गर्ने बामपन्थीहरुलाई नेतृत्व गर्ने, कम्युनिष्ट आन्दोलनलाई नेतृत्व गर्ने अनी यो मुलुकमा आर्थिक सामाजिक रुपान्तरण गरेर समाजवादको लक्ष्य प्राप्त गर्ने दिशाका साथ हामी अगाडि बढीराखेका छौं ।’

कार्यक्रममा नेता सुरेन्द्र पाण्डेले अहिले आई लभ यु केपी बा भन्नेहरु यस अघि हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्नेहरु जस्तै हराएर जाने बताउनुभयो । अवसर खोज्दै हिँडनेहरु अहिले केपी ओलीको पछि लागेको र केही समय पछि उनीहरुले छाडेर जाने निश्चित भएको पनि बताउनुभयो । त्यस्तो अवस्था एक वर्ष भित्रमै आउने पनि बताउनुभयो । 

उहाँले भन्नुभयो ‘आई लभ यु केपी बा, बडो मजा लाग्छ । त्यो सुन्दैमा मजा लाग्छ । त्यस्तो सुन्नमा मजा लाग्ने राजर्षी शैली होइन ? हिजो राजालाई राजाका मन्छे के भन्थे, हाम्रो देश प्राण भन्दा प्यारो छ भनेर नारा लगाउँदैन थिए ? तर अहिले तपाईले कहिं देख्नु भएको छ हाम्रो राजा हाम्रो देश भनेर प्राण भन्दा प्यारो छ भनेर कहिं सडकमा प्राण दिन तयार हुने राजका लागि छन र कोही ? छैनन् । यि आई लभ केपी बा भन्ने पनि यो अवस्थाबाट बाहिरिने वित्तिकै ओली जी बाहिरिने वित्तिकै ति सबै पहिल्यै टाप कस्छन । किनभने हामीले धेरै यस्ता मान्छे देख्दै पनि आएका छौं । 

हिजो हामी जतिखेर अप्ठेरो बेलामा पार्टी बनाउँदै थियौं कोही मान्छे मेरो, तेरो मान्छे हुँ भनेर आउँदैन थियौं । त्यसबेला साथ दिने को हुन्थे, पार्टीका साथिहरु हुन्थे, जनता हुन्थे, जहाँ हामी बस्थ्यौं, जहाँ हामी पार्टी निर्माण गरेर जहाँ सेल्टर निर्माण गर्यौ ति मान्छेले हामीलाई साथ दिए र अहिले पनि दिने तिनै हुन । जो अवसरका लागि आएका मान्छेहरु हुन पहिले तिनिहरु जहाँ अवसर छ त्यतातिर हात फालेर जान्छन, पछि त्यसलाई छोडेर जान्छन । ओलीजीलाई पनि मैले के देख्नु भने ओलीजीको अब बढी से बढी एक वर्ष भन्ने गरेको छु । एक वर्ष पछि ति सबै जो म प्रेम गर्छु ओलीसँग भन्ने छन टाटा बाईबाई ओली जी भनेर हिँडने छन् ।’

नेता पाण्डेले पार्टीलाई बलियो बनाउने दृढ सङ्कल्पका साथ काम गर्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो । उहाँले पार्टीलाई बिलयो बनाउँदै बामपन्थीबीच, कम्युनिष्टहरुबीच एकता गर्नुपर्ने बताउनुभयो ।