• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

एसिसी यु–१९ विजेता नेपाली खेलाडीलाई प्रधानमन्त्रीको बधाई



फाईल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी यु–१९ प्रिमियर कपका विजेता खेलाडीलाई बधाई दिनुभएको छ ।

खेलाडीको उत्कृष्ट प्रदर्शनप्रति धन्यवाद दिँदै उहाँले नेपाली क्रिकेट टोलीले गर्विलो उपाधि जित्न सकेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

मलेसियाको क्वालालाम्पुरमा आज भएको एसिसी प्रिमियर कपको अन्तिम प्रतिस्पर्धामा नेपाली खेलाडीले युएईलाई पराजित गरेको थियो । रासस