• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

१७ वर्षीय खेलाडीको निर्णायक गोलमा बार्सिलोना विजयी



एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक विल्वाओलाई १-० गोलले पराजित गरेको हो ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको ८० औं मिनेटमा मार्क गुइउले गरे । १७ वर्षीय मार्कले जोआओ फेलिक्सको पासमा गोल गरेका हुन् । उनको यो सिनियर क्लबका लागि पहिलो हो ।

साथै उनी डेब्यु खेलमै गोल गर्न सफल भए त्यो पनि टोलीका लागि निर्णायक गोल गरे । यो नतिजासँगै १० खेलबाट बार्सिलोना २४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । विल्वाओ समान खेलबाट १७ अंकका साथ छैटौं स्थानमा छ ।