१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीसीएमसी बैठकः ठूला सहरका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्न सिफारिस



अ+ अ-

काठमाडौं । आज बसेको कोरोना व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले ठूला सहर र कोरोना सङ्क्रमण फैलिएका ठाउँमा बैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । 

उक्त बैठकले सहरी क्षेत्रका विद्यालयहरु बैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने र अरु ठाउँमा प्रदेश र पालिकाले निर्णय गरेअनुसार हुने निर्णय भएको हो । 

यस्तै स्वास्थ्यका मापदण्डमा कडाइ गर्ने र मास्क नलगाई हिँड्नेलाई कारबाही गर्नेसम्मका सिफारिस पनि सीसीएमसीको आजको बैठकले गरेको छ ।