२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसी विश्वकप: न्युजील्यान्डविरुद्ध टस जितेर भारतले फिल्डिङ गर्दै



अ+ अ-

एजेन्सी । आईसीसी क्रिकेट विश्वकप २०२३ को २१ औँ खेलमा भारतले न्युजिल्यान्डविरुद्ध टस जितेको छ । धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा भएको टस जितेर कप्तान रोहित शर्माले पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन् ।

सुरूदेखि नै दबाबमा परेको न्युजील्यान्डले  ३४ रन बनाउँदा २ विकेट गुमाइसकेको छ। न्युजील्यान्डका डेभोन कन्वे ० र विल योङ १७ रन बनाएर पवेलियन फर्किसकेका छन् ।

माेहम्मद सिराज र मोहम्मद शामीले समान एक एक विकेट लिएका छन् ।

न्युजिल्यान्डले साविक विजेता इंग्ल्याण्डलाई ९ विकेटले हराएर प्रतियोगिताको सुरुवात गरेको थियो । यस्तै, नेदरल्यान्ड्स ९९ रन, बंगलादेशलाई आठ विकेट र अफगानिस्तान १४९ रनले पराजित गरेको थियो । यता, भारतले पनि अस्ट्रेलियालाई ६ विकेटले, अफगानिस्तानलाई आठ विकेट, कट्टर प्रतिद्वन्द्वी पाकिस्तानलाई सात विकेट र बंगलादेशलाई सात विकेटले हराउदै विश्वकपमा अपराजित यात्रा गरेको छ ।

आजको खेल जित्दै न्युजिल्यान्ड र भारत दुबै आफ्नो अपराजित यात्रा कायम गर्न चाहन्छ ।

भारतका स्टार अलराउन्डर हार्दिक पाण्ड्या आजको खेलबत बाहिर भएका छन् । बिहीबार बंगलादेशविरुद्धको खेलमा बलिङ गर्दा दाहिने खुट्टामा चोट लागेपछि उनी आजको खेलबाट बाहिर भएका हुन् । भारतले उनको स्थानमा सूर्यकुमार यादवलाई मौका दिएको छ ।

भारत र न्युजिल्यान्डले हालसम्म १ सय १६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् । जसमा भारतले ५८ खेल जितेको छ भने न्युजिल्यान्डले ५० खेल जितेको छ । सात खेल नतिजाविहीन र एउटा बराबरीमा सकिएको छ ।

भारतको प्लेईङ ११

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), रविन्द्र जडेजा, सूर्यकुमार यादव, मोहम्मद शामी, जसप्रित बुमराह, कुलदीप यादव, मोहम्मद सिराज ।

न्यूजिल्याण्डको प्लेईङ ११
डेभोन कोनवे, विल यंग, ​​ रचिन रविन्द्र, टम लाथम (कप्तान र विकेटकीपर), डेरिल मिचेल, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, मिचेल सान्टनर, म्याट हेनरी, लोकी फर्ग्युसन, ट्रेन्ट बोल्ट ।