१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्थिरता निम्त्याउन खोज्ने विरुद्धको संकेत गण्डकी र लुम्बिनी प्रदेशमा देखिन्छ: अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको राजनीति क्लाईमेक्समा पुगेको टिप्पणी गर्नुभएको छ । 

तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएपछि सबैतिर खुसीयाली भएपनि प्रतिक्रियावादी र उघ्रगुटवादीहरुलाई सैह्य नभएको प्रसंग उल्लेख गर्दै उहाँले तीनै शक्तिको षडयन्त्रको क्वाईमेक्सको रुपमा मुलुकको राजनीति पुगेको टिप्पणी गर्नुभयो । पार्टी निकट शिक्षक संगठनको कार्यक्रममा शनिबार उहाँले प्रधानमन्त्री केपी ओली निकटका उघ्रगुटवादी,प्रतिक्रियावादी, प्रतिक्रान्तिकारी र दक्षिणपन्थी सोच भएकाले एकतासंगै सुरु गरेको षडयन्त्र एकीकरण भंग भएसंगै “क्लाईमेक्समा” पुगेको दाबी गर्नुभयो ।

उहाँले मुलुकको राजनीतिक स्थिरता देख्न नचाहने र अस्थिरता निम्त्याउन खोज्ने विरुद्धको प्रतिकारमा आफुहरु लागिरहेको भन्दै छिटै त्यसको संकेत गण्डकी र लुम्बिनी प्रदेशमा देखिने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “केपी गुटका प्रत्यक्षरुपमा संलग्न केही नेताहरु बाहेक आमरुपमा खुसीयाली थियो । नेता भेटियो भन्ने थियो । तर केपी र केपी नजिकका केही उघ्रगुटवादीहरुलाई सैह्य भएन र त्यही विन्दुबाट पार्टीभित्र चरम गुटबन्दी र हाम्रा विरुद्ध भ्रामक प्रचारवाजी र षडयन्त्र सुरु भयो । त्यसपछि प्रतिक्रियावादी , प्रतिक्रान्तिकारी र दक्षिणपन्थी सोच भएका माछेहरुले यो पार्टीलाई विभाजित गरिछाड्ने षडयन्त्र गरेको र त्यही षडयन्त्रको क्लाईमेक्सको रुपमा अहिलेको राजनीति छ ।

गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएको र बहुमतले सरकार परिर्वतनका निम्ति अर्को मुख्य मन्त्रीको नाम सहित समावेदन प्रस्तुत गरेको छ र समर्थन फिर्ता पनि हामीले लिईसकेका छौ । लुम्बिनीमा पनि सरकार परिर्वतनका निम्ति करिब करिब बहुमतको हस्ताक्षर संकलन भईसकेको छ । अर्कोतिर केन्द्रमा अन्योल र अराजकताको स्थिति अन्त्य गर्नका लागि केन्द्रीय स्तरमा पनि हामी लगातार प्रयास गरिरहेका छन् । ”