२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसिए–नेपाल: सबस्टेशन निर्माणका लागि सात कम्पनीले दिए निवेदन



अ+ अ-

काठमाडाैंः मिलेनियम च्यालेन्ज कर्पोरेसनको सहयोगमा निर्माण गरिने तीन वटा विद्युत सबस्टेशनका लागि विभिन्न सात कम्पनीले निवेदन दिएका छन् ।

एमसिए नेपालले आज सार्वजनिक गरेको विवरणमा तीनवटा प्याकेज अन्तर्गत प्याकेज १ को ४०० केभी रातमाटे सबस्टेशन, प्याकेज २ को ४०० केभी न्यू बुटबल सबस्टेशन र प्याकेज ३ को ४०० केभीको न्यू दमौली सबस्टेशनका लागि बोलपत्र खोलिएको हो ।

निवेदन दिने कम्पनीका प्रतिनिधिको उपस्थितिमा खोलिएको बोलपत्रमा प्राविधिक पक्ष मात्र सार्वजनिक गरिएको छ, र उनीहरुको प्राविधिक जाँच पश्चात आर्थिक प्रस्ताव खोलिने छ ।

पहिलो पटकको बोलपत्रमा अत्यधिक रकम दाबी गरिएपछि एमसिए नेपालले बोलपत्र नै रद्द गरेको थियो जसका कारण परियोजना तोकिएकै समयसीमा भित्र सम्पन्न हुनेमा आशंका उत्पन्न भइसकेको छ ।

पछिल्लो पटकको बोलपत्रमा सहभागी कम्पनीहरु अधिकांश भारतीय छन् ।

एमसिए नेपालका अनुसार बोलपत्र पेश गर्नेहरु निम्न अनुसार छन् :

१. टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी – भारत
२. लिन्सोन इन्डिया प्रालि – भारत
३. बेटास एन्ड जेडएनसीसी – टर्की र अफगानिस्तान (संयुक्त उपक्रम)
४. टाटा प्रोजेक्ट्स लि – भारत
५. नेसनल कन्ट्राक्टिङ कम्पनी लि – साउदी अरेबिया
६. सिमेन्स लि., भारत – भारत
७. केइसी इन्टरनेसनल – भारत