७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

आँबुखैरेनीमा पढ्दै, कमाउँदै: कुखुरापालनमा विद्यार्थी रमाउँदै

आँबुखैरेनीमा पढ्दै, कमाउँदै: कुखुरापालनमा विद्यार्थी रमाउँदै
अ+ अ-

तनहुँ । आँबुखैरेनी–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयमा विद्यार्थीलाई पढ्दै, कमाउँदै कार्यक्रमअन्तर्गत कुखुरापालन व्यवसाय सुरु गरिएको छ ।

एक वडा, एक उत्पादनअन्तर्गत आँबुखैरेनी गाउँपालिका कार्यालयले रु पाँच लाख अनुदान प्रदान गरेपछि विद्यालयले स्थानीय जातका कुखुरापालन गरेको हो । गाउँपालिकाबाट प्राप्त भएको उक्त अनुदान रकमबाट विद्यालय भवन मर्मतसम्भार, विद्यालय कम्पाउण्ड, दाना र चल्ला खरिदमा खर्च गरिएको विद्यालयका प्रधानाध्यापक सूर्यमान गुरुङले जानकारी दिनुभयो ।

सुरुमा कुखुराका चल्ला र दाना खरिदमा करिब रु एक लाख ३५ हजार खर्च भएको छ । खर्च कटाएर रु ३० देखि ४० हजारसम्म मुनाफा लिन सकिने योजना रहेको उहाँले बताउनुभयो । “विद्यालयमा हाल एक सय २५ विद्यार्थी अध्ययनरत छन्”, उहाँले भन्नुभयो, “कक्षा ९ र १० का ४१ विद्यार्र्थीमध्ये करिब २० जना विद्यार्थी कुखुरापालनमा छन् ।”

गाउँपालिकाबाट प्राप्त अनुदानलाई आयमूलक क्षेत्रमा लगानी गरी कोष वृद्धि गर्दै जाने योजना छ । हप्तामा एक दिन विद्यार्थीको पालो आउने गरी कार्यविभाजन गरिएको छ । यस विद्यालयबाट एसइई पास गरेर अन्य विद्यालय जाँदा प्राविधिक धार र व्यावसायिक धारमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि आधारभूत तहबाट प्राविधिक र व्यावसायिक शिक्षा प्रदान गरेको हो ।

गत असारको ६ गते दुई सयवटा स्थानीय जातका चल्ला ल्याएर पाल्न सुरु गरिएको र तीन महिनामै बिक्री गर्न लायक भएको प्रअ गुरुङले बताउनुभयो । “६० वटा जति कुखुरा बिक्री गरिसकिएको छ”, उहाँले भन्नुभयो, “भाले प्रतिगोटा रु आठ सय र पोथी रु सात सयमा बिक्री गर्ने गरिएको छ ।”

विद्यालय परिसरमा करिब १३ रोपनी क्षेत्रफल रहेको छ । कुखुरालाई चरन क्षेत्र प्रशस्त भएकाले पालन कार्यमा सहज भएको सो विद्यालयले जनाएको छ । कुखुरापालनबाट आएको मुनाफाबाट केही रकम विद्यालयका लागि र विद्यार्थीको पठनपाठनमा खर्च गर्ने गरी अनुदान रकम प्रदान गर्ने योजना रहेको गाउँपालिका पशु चिकित्सक सन्तोष देवकोटाले जानकारी दिनुभयो । विद्यालय तहबाटै विद्यार्थीलाई प्राविधिक र व्यावसायिक शिक्षातर्फ आकर्षित गराउन गाउँपालिकाले यस किसिमको अभियानलाई प्राथमिकता दिँदै आएको छ ।

आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित कृषि व्यवसाय प्रवर्द्धन केन्द्र र पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत कन्यादेवी माध्यमिक विद्यालयमा अनुदान रकम प्रदान गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । रासस