७ असार २०८३, आईतवार
,
Latest
जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियाविरुद्ध नेदरल्यान्ड्सले दियो १९२ रनको लक्ष्य



अ+ अ-

काठमाडौं। त्रिदेशीय सिरिज अन्तर्गत आज भइरहेको खेलमा नेदरल्यान्ड्सले मलेसियालाई १९२ रनको लक्ष्य दिएको छ । 

म्याक्स ओडोडको उत्कृष्ट शतकीय पारीसँगै नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १९१ रन बनाएको हो ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओडोडले ७३ बलमा नटआउट १३३ रनको योगदानी दिए । स्कट एडवार्डले ३१ र बेन कुपरले २० रनको योगदान दिए। मलेसियाका लागि पवनदिप सिंह र अनवर रहमानले १–१ विकेट लिए । ओडोडको यो शतक नेदरल्यान्ड्सको लागि टि–२० अन्तर्राष्ट्रियमा कुनै पनि खेलाडीले बनाएको पहिलो शतक रहेको छ ।

यससँगै ओडोड टि–२० अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै व्यक्तिगत स्कोर बनाउने ब्याट्सम्यानको सूचीमा पाँचौं स्थानमा पर्न सफल रहे । यस्तै उनले टि–२० अन्तर्राष्ट्रियमा १ हजार रन पनि पूरा गरेका छन् । उनले टि–२० अन्तर्राष्ट्रियमा १ हजार ९ रन बनाएका छन् ।

नेपाल, नेदरल्याण्ड र मलेसियाबीच हुने यो त्रिदेशीय सिरिजमा कूल ७ अन्तर्राष्ट्रिय टि–२० खेल हुनेछन् ।