१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियाविरुद्ध नेदरल्यान्ड्सले दियो १९२ रनको लक्ष्य



अ+ अ-

काठमाडौं। त्रिदेशीय सिरिज अन्तर्गत आज भइरहेको खेलमा नेदरल्यान्ड्सले मलेसियालाई १९२ रनको लक्ष्य दिएको छ । 

म्याक्स ओडोडको उत्कृष्ट शतकीय पारीसँगै नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १९१ रन बनाएको हो ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओडोडले ७३ बलमा नटआउट १३३ रनको योगदानी दिए । स्कट एडवार्डले ३१ र बेन कुपरले २० रनको योगदान दिए। मलेसियाका लागि पवनदिप सिंह र अनवर रहमानले १–१ विकेट लिए । ओडोडको यो शतक नेदरल्यान्ड्सको लागि टि–२० अन्तर्राष्ट्रियमा कुनै पनि खेलाडीले बनाएको पहिलो शतक रहेको छ ।

यससँगै ओडोड टि–२० अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै व्यक्तिगत स्कोर बनाउने ब्याट्सम्यानको सूचीमा पाँचौं स्थानमा पर्न सफल रहे । यस्तै उनले टि–२० अन्तर्राष्ट्रियमा १ हजार रन पनि पूरा गरेका छन् । उनले टि–२० अन्तर्राष्ट्रियमा १ हजार ९ रन बनाएका छन् ।

नेपाल, नेदरल्याण्ड र मलेसियाबीच हुने यो त्रिदेशीय सिरिजमा कूल ७ अन्तर्राष्ट्रिय टि–२० खेल हुनेछन् ।