२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा–प्रचण्ड–ओलीबीच बालुवाटारमा वार्ताको तयारी



अ+ अ-

काठमाडौंः अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का बारेमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेर बहादुर देउवाले लेखेको संयुक्त पत्र सार्वजनिक भएलगत्तै प्रधानमन्त्री देउवा, अध्यक्ष प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज बालुवाटारमा छलफल हुँदैछ । स्रोतका अनुसार तीन नेताबीच बालुवाटारमा आज अपराह्न ४ बजे बैठक हुन लागेको हो ।

प्रधानमन्त्री देउवाको अग्रसरतामा हुन लागेको यो बैठकमा पहिलो पटक प्रचण्ड, ओली र देउवाबीच प्रत्यक्ष वार्ता हुन लागेको छ । राजनीतिक महत्वको यस भेटमा एमसीसीलाई संसदबाट पारित गराउन आवश्यक पर्ने राजनीतिक वातावरण तयार गर्न, पछिल्लो राजनीतिक घटनाक्रम र स्थानीय निकायको निर्वाचनका बारेमा छलफल हुन लागेको स्रोतले जनाएको छ । बैठकमा तीन दलका शीर्ष नेता र सहयोगी नेता मात्र रहने छन् ।

एमालेका तर्फबाट अध्यक्ष ओली र महासचिव शंकर पोखरेल सहभागी हुने स्रोतले बताएको छ । तर, यस बैठकमा सत्ता गठबन्धनको सहयात्री दल नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीलाई भने डाकिएको छैन ।

एमालेले निरन्तर संसद अवरुद्ध गरेका कारण देशका जल्दाबल्दा विषयले संसदमा प्रवेश पाउन सकेको छैन । लगातारको अवरोधले संसदको भूमिका नै अन्यौलग्रस्त बनेको छ । कतिपयको विचारमा सभामुखले पर्याप्त समझदारी बनाउन नसक्दा संसदको कारबाही नै गतिहीन बनेको आरोप नागरिक समाजले पनि लगाउन थालेको छ ।