९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमासको आतंक र इजरायलको बर्बरता विरुद्ध काठमाण्डौमा प्रदर्शन



अ+ अ-

काठमाडाै‌ । आतंकवाद र युद्ध विरुद्ध मानव अधिकार तथा शान्ति समाजले अभियान प्रारम्भ गरेको छ ।

यस क्रममा ७ अक्टोवर २०२३ का दिन हमासद्वारा इजरायलमाथि भएको आतंकवादी हमलाका दौरान हमासद्वारा बन्धक बनाइएका विपिन जोशीसहित सबै बन्धकहरुको शिघ्र विना सर्त रिहाइको माग गर्दै २०८० कार्तिक १ गते साँझ काठमाण्डौको बौद्ध स्तुप अगाडि शान्ति समाजको आयोजनामा आधा घण्टा प्रदर्शन भएको छ ।

प्रदर्शनमा शान्तिवादीहरुले “हाम्रा प्रिय विपिन जोशी कहाँ छन्?” भन्दै जोशीसहित बन्धक बनाइएका सबैको रिहाइको माग गर्दै प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा हमासको आतंकवादलाई बोक्ने र प्रायोजन गर्ने काम बन्द गर्न र इजरायलले गरेको मानवता विरुद्धको अपराधमा मतियार बन्ने काम बन्द गर्न अन्तर्राष्ट्रिय समुदाय लगायत विभिन्न देशहरुलाई आह्वान गरिएको थियो ।

प्रदर्शनमा हमासको आतंक र इजरायलकोबर्बरताका कारण मानवता पराजित हुँदैछ, हमासको आतंकवाद र इजरायलको उद्दण्डताः विश्व शान्तिका लागि खतरा, STOP TERRORISM, STAND STRONG AGAINST TERRORISM, RESPECT INTERNATIONAL HUMANITARIAN LAW, ISRAEL : STOP CRIME AGAINST HUMANITY, STOP WAR : PROMOTE PEACE लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, महासचिव रेनुका पौडेल, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्य नम्रता खरेल, दिवाकर पुडासैनी, अधिकारकर्मीहरु बटुकृष्ण ढुंगेल, जगन्नाथ पुडासैनी, उद्धव रायमाझी, ईश्वर पुडासैनी, नानीकाजी गिरी, सानु लामा, रिता अधिकारी, जयराम पुडासैनी, मणिराम दाहाल, सुन्दर पुडासैनी, बुद्धराज रिसालसहित तीन दर्जन बढीको सहभागिता थियो ।