काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०९६ जनामा संक्रमण पुष्टि भएको छ ।
५०८४ जनाको पीसीआर र ६९९ को एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । यसमध्ये १०१५ जनामा पीसीआर परीक्षण र ८१ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ३२६ जना काठमाडौँमा, ललितपुरमा ६४ तथा ४५ जना भक्तपुरका रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा २६२ जना संक्रमणमुक्त भएका छन् भने आइतबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ रहेको छ ।








