• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

सेतीकाली साहित्य सङ्गमको आयोजनामा ४३ औं काव्य श्रृङ्खला तथा शुभकामना आदानप्रदान सम्पन्न



तनहुँ । सेतीकाली साहित्य सङ्गम, तनहुँले विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।

धार्मिकस्थल भिमादको थुम्कीमा रहेको शिव पाञ्चायन मन्दिरमा बुधबार आयोजित कार्यक्रममा कविता एवम् विभिन्न साहित्यिक सिर्जना वाचन गरिएको थियो ।

संस्थाका अध्यक्ष नारायण कैलाश सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संविधान सभाका सदस्य तथा पूर्व माननीय टुकराज सिग्देल रहेका थिए भने भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, स्वतन्त्र सेनानी पत्रकार विश्वबन्धु भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

२०७८ सालमा स्थापना भएको यस सस्थाले भिमाद सेरोफेरोलाई मुख्य केन्द्र बनाएर विभिन्न साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसमा सन्तबहादुर सन्तको मेरो देश नामक गजल विमोचन, नारायण कैलाश सिग्देलको कथासंग्रह विमोचन, नगरस्तरिय आधारभुत विद्यालयमा कथा वाचन, कथाकार भरतकुमार श्रेष्ठको अपहरण नामक कथा विमोचन लगायत कार्यक्रमहरु रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि सिग्देलले स्थापनाको छोटो कार्यकालमा नै यस सस्थाले गरेका विभिन्न गतिविधिको प्रशंसा गरेका थिए ।

साहित्यले समाजलाई देखाउने ऐना मात्र नभई समाजलाई कता लैजाने भन्ने निर्क्योल गर्ने बताउँदै सिग्देलले युवापुस्ता पनि यो क्षेत्रमा लागेकोमा आभार व्यक्त समेत गरे ।

साथै उनले यो संस्थाको माध्यमबाट लुकेको प्रतिभाहरु बाहिर आउनेमा विश्वास व्यक्त गरे ।