२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पनौतीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ घाइते



अ+ अ-

धुलिखेल । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ सुन्दरबस्तीमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ ।

काठमाडौँबाट इलामतर्फ जाँदै गरेको बाप ०३–००१ज०२९८ नंको गाडीले मोटरसाइकललाई ठक्कर दिई भाग्ने क्रममा सडक कुनाको नालीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा रामेछापको मन्थली नगरपालिका–१२ बस्ने अन्दाजी २० वर्षकी रमिला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर घाइते भएकी बुढाथोकीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मुत्यु भएको हो ।

दुर्घटनामा गाडीमा सवार आठ जना घाइते भएका छन् । “घाइते भएका सबैको अवस्था सामान्य छ । अहिले उहाँहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ”, श्रेष्ठले भन्नुभयो । रासस