२२ असार २०८३, सोमबार
,
Latest
सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी ‘बजेटमा राजनीतिक विवाद, ओझेलमा विकासको बहस’ २४ घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो घट्दै सर्पदंशको उपचार लिने बिरामी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकलाई स्थिरतातर्फ अघि बढाउन कांग्रेसको विकल्प छैनः नेता कार्की



अ+ अ-

ताप्लेजुङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई स्थिरता र विकासको दिशामा अघि बढाउन कांग्रेसको विकल्प नभएको बताउनुभएको छ । दुई तिहाइ नजिकको कम्युनिष्ट सरकारले मुलुक र जनताको भावनालाई सम्बोधन गर्न नसकेको भन्दै उहाँले संविधान र लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउन कांग्रेस अग्रसर हुनुपर्ने बताउनुभयो ।

आइतबार कांग्रेस ताप्लेजुङले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले अहिलेको सरकार इतिहासकै भ्रष्ट र नालायक भएको आरोपसमेत लगाउनुभयो । पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमले संविधान र लोकतन्त्र नै धरापमा पर्न सक्ने खतरा रहेको र त्यसतर्फ कांग्रेसको ध्यानाकर्षण भएको उहाँले बताउनुभयो ।

देशलाई सङ्कटबाट जोगाउन यतिबेला कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको स्पष्ट पार्दै उहाँले सम्भव भए आफ्नै नेतृत्वमा सरकार निर्माण गरेर वा ताजा जनादेशमा गएर स्थिरता कायम गर्न पार्टी अग्रसर भएको बताउनुभयो । कांग्रेसका निम्ति अहिले नै सरकार निर्माण गर्ने कुरा महत्वको विषयमा नपरे पनि मुलुक र जनताको हितका लागि भने परिस्थिति निर्माण गर्न सकिने उहाँको भनाइ थियो ।