११ असार २०८३, बिहीबार
,
Latest
वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट प्रदेशसभा खारेजको बहसमा बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुन सक्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्थानीय तहको निर्वाचन गराउन दबाब आवश्यक’



अ+ अ-

बुटवल । नेकपा (एमाले)का उपमहासिचव प्रदीप ज्ञवालीले स्थानीय तहको निर्वाचन गराउन दबाब आवश्यक भएको बताउनुभएको छ । 

रुपन्देहीको सैनामैनामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो, “आगामी जेठमा स्थानीय चुनाव हुने प्रधानमन्त्रीले घोषणा गर्नुभएको छ, तर मिति तय भएको छैन, त्यसैले घोषणा नहुँञ्जेल पत्याउने अवस्था छैन ।” 

उमहासचिव ज्ञवाललीले प्रतिपक्षले छिटो चुनाव गर भनिरहँदा सरकारमा भएका दल चुनावबाट भागेको आरोप लगाउँदै चुनाव कम्युनिष्टका लागि अन्तिम लक्ष्य नभइ त्यसका माध्यमबाट आर्थिक सामाजिक रुपान्तरण हुनसक्ने उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, “हामी चुनावबाट सबै कुरा हिसाबकिताब गर्न चाहन्छौँ।” नेता ज्ञवालीले एमसिसि देशको दुई पक्षीय हितमा हुनुपर्नेमा जोड दिँदै त्यसलाई माओवादीले गिजोल्ने काम गरेको आरोप लगाउनुभयो ।  

एमाले गुल्मीका इञ्चार्ज दिनेश पन्थी र रुपन्देहीका इञ्चार्ज भूमिश्वर ढकाल लगायतले एमाले कम्युनिष्ट आन्दालेनको मूल प्रवाह भएको बताउनुभयो । विप्लव नेतृत्वको नेकपा गुल्मीका सेक्रेटरी खिम खड्का, नारायण पौडेललगायत व्यक्ति एमालेमा प्रवेश गरेका छन् ।