१२ असार २०८३, शुक्रबार
,
Latest
इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज जापान र स्विडेनबीचकाे खेल बराबरी मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालु खाता र शोधनान्तर बचतमा, मुद्रा सञ्चितिले एक वर्षको आयात धान्ने



अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिना अवधिमा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ । त्यस्तै, मुलुकको विदेशी मुद्रा सञ्चितिले एक वर्षको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु खाता रू २३ अर्ब ५० करोडले बचतमा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रू ३६ अर्ब ८४ करोडले घाटामा थियो ।

त्यस्तै, गत भदौ मसान्तसम्ममा शोधनान्तर स्थिति रू ५३ अर्ब ६१ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू २० अर्ब ८१ करोडले घाटामा थियो ।

गत असार मसान्तसम्ममा रू १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति तीन दशमलव नौ प्रतिशतले बढेर भदौ मसान्तसम्ममा रू १५ खर्ब ९८ अर्ब ९० करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रू १४ खर्ब ६ अर्ब ५२ करोड र बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति रू एक खर्ब ९३ अर्ब ५९ करोड रहेको छ ।

कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव ७ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको दुई महिनाको आयातलाई आधार मान्दा हालको विदेशी विनिमय सञ्चितिले १२ दशमलव छ महिनाको वस्तु आयात र १० दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ ।

गत भदौ मसान्तसम्ममा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमश: २९ दशमलव सात, ८६ र २६ दशमलव दुई प्रतिशत रहेको छ ।

पछिल्लो दुई महिनामा आयात पाँच दशमलव एक प्रतिशतले, निर्यात सात दशमलव आठ प्रतिशतले र कूल वस्तु व्यापार घाटा चार दशमलव सात प्रतिशतले घटेको छ ।

भदौ मसान्तसम्ममा सरकारको कूल बजेच खर्च रू एक खर्ब ३१ अर्ब १४ करोड र राजस्व परिचालन रू एक खर्ब ४१ अर्ब आठ करोड रहेको छ । यही अवधिमा विस्तृत मुद्राप्रदाय शून्य दशमलव पाँच प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा भने यस्तो मुद्राप्रदाय १२ प्रतिशतले बढेको छ ।

त्यस्तै, यो अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन शून्य दशमव एक प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा शून्य दशमलव सात प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३ दशमलव दुई प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर चार प्रतिशत छ ।रासस

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/10/Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Two-Month-data-of-2080.81-.pdf”]