२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दसैँको अवसरमा बनेपामा ‘चङ्गा चैट’ प्रतियोगिता



अ+ अ-

धुलिखेल । दसैँं र तिहारको याममा चङ्गा उडाएर मनोरञ्जन लिने संस्कति हराउँदै गइरहेको अवस्थामा त्यसलाई पुन: स्थापित गर्न चङ्गा महोत्सव गर्न लागिएको छ ।

युवा पुस्ताको रोजाइमा नपरेका कारण पछिल्ला वर्षमा चङ्गा उडाउने परम्परा लोपहुँदै गएकाले बनेपास्थित रोट्राक्ट क्लबले सो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

‘चङ्गा उडाऔँ, संस्कृति जोगाऔँ’ भन्ने नाराका साथ बनेपा नगरपालिका–९ मगरगाउँमा आगामी कात्तिक ४ गते उक्त प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । अहिलेकोे युवा संस्कति बचाउनभन्दा पनि घुम्ने र खानपानमै रमाइलो मान्ने गर्दा यस्ता परम्परा लोपहुँदै गएकाले संरक्षण गर्न र युवा पुस्तामा यसको महत्व बुझाउन पनि महोत्सव आयोजना गर्न लागिएको क्लबका अध्यक्ष रोभेन तौजलेले बताउनुभयो ।

“दसैँमा चङ्गा उडाउनभन्दा रमाइलो गरेर बस्ने युवापुस्ता बढ्दैछ ।” उहाँले भन्नुभयो, “विगत एकदशक अगाडिसम्म दसँैं तथा तिहारमा बालबालिकादेखि युवायुवतीले मनोरञ्जनका रूपमा चङ्गा उडाउने परम्परा पछिल्लो समय स्थान अभाव र पश्चिमा संस्कृतिको प्रभावका कारण लोप हुन थालेको छ ।” अहिले पहिलेको जस्तो चङ्गा उडाउने ठाउँ पनि पर्याप्त नभए पनि उतिबेलाका घरको उचाइ पनि उस्तैउस्तै हुने हुँदा चङ्गा उडाउन सजिलो थियो तर पछिल्लो समय खुल्ला स्थान अभाव र सहरीकरणका कारण चङ्गा उडाउने संस्कृति हराउँदै जान थालेकाले युवा पुस्तामा यसको महत्व बुझाउन आवश्यक देखिएको उहाँले बताउनुभयो ।

लोप हुन थालेको संस्कृति जगेर्ना गर्ने उद्देश्यले बनेपाका युवाले करिब दस वर्षदेखि चङ्गा चैट प्रतियोगिता आयोजना गर्दै आएको प्रतियोगिताका संयोजक तथा क्बलका सेक्रेटरी सदिक्षा धितालले बताउनुभयो । यस पटक पनि नेपालीको महानचाड दसँैंको उपलक्ष्यमा फूलपातीका दिन प्रतियोगिता गर्न लागिएको उहाँले बताउनुभयो ।

अहिलेका बालबालिकाको ध्यान मोबाइल, कम्प्युटर, ल्यापटपलगायत बैकल्पिक मनोरञ्जनका माध्यमतिर जाँदा चङ्गाको आकर्षण घटेको हो । पहिले पहिले सहर बजारका किराना पसलदेखि तरकारी पसलसम्म पाइने चङ्गा अहिले बजारका केही सीमित पसलमा मात्र भेटिने गरेको सम्बद्ध व्यक्तिले बताए । अझ लट्टाई त ठूला बजार या काठको सामान बनाउने स्थानमा अर्डर नै गर्नुपर्ने अवस्था आइसकेको छ । यसअघि तीन पटकसम्म बेष्ट प्रोजेक्ट जितेको रोट्राक्ट क्लबले घरेलु तथा साना उद्योग प्रवद्र्धन गर्ने उद्देश्यले चङ्गा र लटृाईको स्टलसमेत राख्ने जनाएको छ । रासस