२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकदिवसीय विश्वकपमा आज दक्षिण अफ्रिका र नेदरल्यान्ड्स खेल्दै



अ+ अ-

एजेन्सी । आइसिसी एकदिवसीय विश्वकप २०२३ को १५ औँ खेलमा आज अपराजित दक्षिण अफ्रिका र नेदरल्यान्ड्स भिड्दैछन् । धर्मशालामा  हुन लागेको खेल नेपाली समय अनुसार दिउँसो २:१५ बजेबाट सुरु हुनेछ।

दुबै टीमको लागि आज जित महत्त्वपूर्ण हुनेछ । दक्षिण अफ्रिका आजको खेल जितेर अपराजित यात्रा कायम गर्दै शीर्ष स्थानमा रहन चाहन्छ भने जितविहीन नेदरल्यान्ड्स आफ्नो पहिलो खाता खोल्न चाहन्छ ।

दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलंकालाई १०२ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा अष्ट्रेलियालाई १३४ रनको भारी अन्तरले पराजित गरेको थियो । यता नेदरल्यान्ड्स पहिलो खेलमा पाकिस्तानसंग ८१ र न्युजिल्यान्डसँग ९९ रनले पराजित भएको थियो ।

दक्षिण अफ्रिका र नेदरल्याण्ड्सको हेड-टु-हेड

एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिका र नेदरल्याण्ड्सले हालसम्म सात पटक आमनेसामने गरेका छन् । जसमा दक्षिण अफ्रिकाले छ पटक जितेको छ भने एक खेलको नतिजाबिहिन भएको थियो ।

एकदिवसीय विश्वकपको इतिहासमा यी दुई टोलीले जम्मा तीन पटक आमनेसामने गरेका छन् । जसमा दक्षिण अफ्रिकाले तीन वटै खेल जितेको छ ।

दक्षिण अफ्रिकाको सम्भावित प्लेईङ–११:

क्विन्टन डी कक (विकेटकिपर), टेम्बा बाभुमा (कप्तान), रसी भान डेर डुसेन, एडेन मार्कराम, डेभिड मिलर, हेनरिक क्लासेन, मार्को जेन्सेन, कागिसो रबाडा, केशव महाराज , लुंगी एनगिडी, तबरेज शम्सी र जेराल्ड कोएत्जी ।

नेदरल्यान्ड्स को सम्भावित प्लेईङ–११:
विक्रमजीत सिंह, म्याक्स ओडाउड, कोलिन एकरम्यान, बास डे लीडे, तेजा निदामानुरु, स्कट एडवर्ड्स (कप्तान र विकेटकिपर), सिब्रान्ड एन्जेलब्रेच, रोलोफ भान डर मर्वे, लोगान बीकररायन क्लेन, आर्यन दत्त, पॉल भ्यान मीकरेन ।