एजेन्सी । आइसिसी एकदिवसीय विश्वकप २०२३ को १५ औँ खेलमा आज अपराजित दक्षिण अफ्रिका र नेदरल्यान्ड्स भिड्दैछन् । धर्मशालामा हुन लागेको खेल नेपाली समय अनुसार दिउँसो २:१५ बजेबाट सुरु हुनेछ।
दुबै टीमको लागि आज जित महत्त्वपूर्ण हुनेछ । दक्षिण अफ्रिका आजको खेल जितेर अपराजित यात्रा कायम गर्दै शीर्ष स्थानमा रहन चाहन्छ भने जितविहीन नेदरल्यान्ड्स आफ्नो पहिलो खाता खोल्न चाहन्छ ।
दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलंकालाई १०२ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा अष्ट्रेलियालाई १३४ रनको भारी अन्तरले पराजित गरेको थियो । यता नेदरल्यान्ड्स पहिलो खेलमा पाकिस्तानसंग ८१ र न्युजिल्यान्डसँग ९९ रनले पराजित भएको थियो ।
दक्षिण अफ्रिका र नेदरल्याण्ड्सको हेड-टु-हेड
एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिका र नेदरल्याण्ड्सले हालसम्म सात पटक आमनेसामने गरेका छन् । जसमा दक्षिण अफ्रिकाले छ पटक जितेको छ भने एक खेलको नतिजाबिहिन भएको थियो ।
एकदिवसीय विश्वकपको इतिहासमा यी दुई टोलीले जम्मा तीन पटक आमनेसामने गरेका छन् । जसमा दक्षिण अफ्रिकाले तीन वटै खेल जितेको छ ।
दक्षिण अफ्रिकाको सम्भावित प्लेईङ–११:
क्विन्टन डी कक (विकेटकिपर), टेम्बा बाभुमा (कप्तान), रसी भान डेर डुसेन, एडेन मार्कराम, डेभिड मिलर, हेनरिक क्लासेन, मार्को जेन्सेन, कागिसो रबाडा, केशव महाराज , लुंगी एनगिडी, तबरेज शम्सी र जेराल्ड कोएत्जी ।
नेदरल्यान्ड्स को सम्भावित प्लेईङ–११:
विक्रमजीत सिंह, म्याक्स ओडाउड, कोलिन एकरम्यान, बास डे लीडे, तेजा निदामानुरु, स्कट एडवर्ड्स (कप्तान र विकेटकिपर), सिब्रान्ड एन्जेलब्रेच, रोलोफ भान डर मर्वे, लोगान बीकररायन क्लेन, आर्यन दत्त, पॉल भ्यान मीकरेन ।