• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

नेपाली चलचित्रको सेन्सरमा उदारता देखाउनुपर्छ: भुवन केसी



काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्र सेन्सर गर्दा उदारता देखाउनुपर्ने बताउनुभएको छ ।

सोमवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चलचित्रको सेन्सर कडा हुँदै गएको भन्ने आवाज उठेको भन्दै सेन्सर बोर्डलाई नेपाली चलचित्रका लागि सेन्सर खुकुलो गर्न आग्रह गर्ने बताउनु भयो । उहाँले नेपाली चलचित्रको सब्टाइटल राख्नसके विदेशमा पनि राम्रो महत्व पाउने बताउनु भयो । उहाँले सब्टाइटलका कारण विश्वका मानिसहरु नेपाली चलचित्रको फ्यान हुनसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘रिलिज हुने चलचित्रको सब्टाइटल गरिनुपर्छ । त्यसो गरे संसारभरका मानिसले हेर्न सक्नुहुनेछ । हाम्रा चलचित्र हेरेर विदेशीहरु पनि नेपाली चलचित्रका फ्यान हुनसक्छन् । नेपाली चलचित्रको सेन्सर कडा भएको छ भन्ने आएको छ । हरेक सामाजिक सञ्जालमा कुनै सेन्सर लागू हुँदैन, चलचित्र क्षेत्रमा अलि उदार हुनुपर्छ । सेन्सर बोर्ड र चलचित्र विकास बोर्ड फरक भएकाले नेपाली चलचित्र सेन्सर गर्दा उदारता देखाइयोस् भन्ने आग्रह गर्छु । उदारता हामीले देखाउनुपर्छ ।’

अध्यक्ष केसीले नेपाली चलचित्रको सेन्सरमा उदारता देखाउन आवश्यक रहेको बताउनु भयो ।