२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ओली म भन्दा बढी व्यंग्यकार हुनुहुन्छ: दीपकराज गिरी (भिडियोसहित)



अ+ अ-

काठमाडौं । अभिनेता दीपकराज गिरीले नेपाली चलचित्रलाई समयानुकुल परिवर्तन गर्दै जानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीति शरीरको मुटु भएको र नेपालीहरु राजनीतिबाट हामी टाढा बस्नै नसक्ने बताउनु भयो । उहाँले धेरै नेताहरु आफ्नो विषयसँग सम्बन्धित कुरामा मात्रै ध्यान दिने गरेपनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समायानुकुल आफूलाई परिवर्तन गर्नसक्ने क्षमताको नेता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले चलचित्र समयानुकुल परिवर्तन गर्दै जानुपर्छ । राजनीति भन्ने चिज शरीरको हार्ट र मुटु हो । राजनीतिबाट हामी टाढा बस्नै सक्दैनौँ । धेरै नेताहरु आफ्नो विषयसँग सम्बन्धित कुरामा मात्रै ध्यान दिएको देख्छु तर केपी शर्मा ओलीमा अहिलेको समाजसँग परिवर्तन गर्दै जाने खुबी छ । उहाँमा सबै किसिमको ज्ञान छ । उहाँका पोस्ट र व्यक्तिगत रुपमा भेट्दा पनि राम्रो लाग्छ । आफूलाई समयानुसार अपग्रेट गर्नुपर्छ । यो कुरा चलचित्रमा लागू हुन्छ । हास्यव्यंग्यको कुरा गर्दा मलाई नै भन्छन्, तँ भन्दापनि ठूलो हास्यव्यंग्यकर्मी उहाँ हो । व्यंग्यको चेत भनेको ठूलो कुरा हो, व्यंग्य गर्न थुप्रै अध्ययन चाहिन्छ ।’

अभिनेता गिरीले अध्यक्ष ओली आफूभन्दा पनि बढी व्यंग्यकार भएको बताउनु भयो ।