५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐतिहासिक रजत पदक विजेता एरिका गुरुङ सम्मानित



अ+ अ-

काठमाडाैँ । मित्रराष्ट्र चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जित्न सफल करातेकी एरिका गुरुङ नगदसहित सम्मानित हुनु भएको छ ।

हाङझाव एसियाडको कराते टोलीका व्यवस्थापक समेत रहनु भएका नेपाल सोतोकान कराते महासंघका अध्यक्ष निवासगोपाल वैद्यले व्यक्तिगत रुपमा पूर्व घोषित नगद २ लाख रुपैयाँ पुरस्कार एरिका गुरुङलाई प्रदान गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जन, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, नेपाल कराते महासंघका महासचिव दावा गुरुङ र निवासगोपाल वैद्यले एरिका गुरुङलाई नगद, प्रशंसा पत्र र पुष्पगुच्छा प्रदान गरी सम्मान गर्नु भयो ।

सोही अवसरमा हाङझाव एसियाडमा सहभागी कराते खेलाडी तथा प्रशिक्षकलाई पनि सम्मान गरिएको थियो ।रासस