२२ असार २०८३, सोमबार
,
Latest
सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी ‘बजेटमा राजनीतिक विवाद, ओझेलमा विकासको बहस’ २४ घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो घट्दै सर्पदंशको उपचार लिने बिरामी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानको बाघलान भिडन्तमा आठको मृत्यु



अ+ अ-

पुल–ए–खुम्री । युद्धग्रस्त अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा सोमबार भएको भिडन्तमा छ जना विद्रोही र दुई जना सुरक्षाकर्मीको मृत्यु भएको छ । 

प्रान्तीय प्रहरी प्रवक्ता अहमद जावेद बशारातले बाघलान ए मर्काजी जिल्लाको सुरक्षा जाँच चौकीमा तालिबान लडाकू समूहले सुरक्षाकर्मीले आक्रमण गरेपछि सोमबार बिहानै भिडन्त भएको बताउनुभयो ।

विद्रोही तालिबानले आफ्ना छ जना साथीको शव छाडेर भागेको पनि उहाँले जानकारी दिनुभयो । भिडन्तमा छ जना सुरक्षाकर्मी र आठ जना विद्रोही घाइते भएका छन् ।

बशारातले भन्नुभयो, सुरक्षाकर्मीले बाघलान ए मार्काजी जिल्ला र त्यस आसपासमा सक्रिय विद्रोही विरुद्धको कारबाही जारी राखेका छन् । उक्त भिडन्तका बारेमा बाघलानका तालिबानी विद्रोहीले कुनै प्रतिक्रिया दिएका छैनन् ।